समानुपातिकको मत गणना अन्तिम चरणमा, बुधबार सक्ने तयारीमा
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।
मंगलबार आयोगले यसबारे जानकारी दिएकाे हाे । आयोगका सहायक प्रवक्ता कुलबहादुर जि.सी.ले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको भन्दै बुधवार बिहानसम्म सम्पन्न हुने अनुमान गरिएको बताउनुभयो।
उहाँका अनुसार मंगलवार अपरान्हसम्म ३/४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ । जि.सी.ले मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यरात वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने र अन्तिम परिणाम भोलि बिहान नभए दिउँसोसम्म सार्वजनिक गरिने छ ।
यद्यपि कुनै स्थानमा उम्मेदवार वा प्रतिनिधिबिच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने उहाँको भनाइ छ । त्यस्तै औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको जि.सीले बताउनुभयो ।
उहाँले अघिल्लो निर्वाचनको तथ्यांक अध्ययन गर्दा औसतमा करिव पाँच प्रतिशत मत बदर हुने अनुमान गरिएको समेत बताउनुभयो। समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि राजनीतिक दलहरूलाई सिट बाँडफाँड प्रक्रियाका लागि आयोगले औपचारिक पत्राचार गर्ने सहायक प्रवक्ता जि.सी.ले बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यस्तो भवनमा लिदैछन् नवनिर्वाचित सांसदले शपथ [तस्बिरहरू]
काठमाडौं। गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ सांसद सदन छिर्दैछन्। नियमित रूपमा चल्ने बैठक प्रतिनिधिसभाको नयाँ बानेश्वरको...
यस्तो छ पुकार बमको खर्च विवरण
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले आफ्नो चुनावी खर्च विवरण...
झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाई नजिकको बहुमत प्राप्त गरेको छ । बालेन्द्र शाह...
पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र निर्वाचित हुनुभएको...




