Breaking News

पृथ्वी राजमार्गमा डेढ घण्टादेखि ट्राफिक जाम

काठमाडौँ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ घण्टादेखि ट्राफिक जाम भएको छ।

एउटा ट्रक बिग्रिएपछि सडक अवरुद्ध हुँदा सवारीसाधन लामो समयसम्म रोकिएका छन्।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार सडकको बीच भागमै ट्रक बिग्रिएपछि सो क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ।

प्रहरी र ट्राफिक प्रहरीले अहिले सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्दै जाम खुलाउने प्रयास गरिरहेका छन्।

प्रहरीका अनुसार बिग्रिएको ट्रक हटाउने काम जारी रहेको र केही समयमै जाम पूर्ण रूपमा खुल्नेछ। यात्रु तथा सवारी चालकलाई धैर्यपूर्वक यात्रा गर्न आग्रह गर्न प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका पश्चिमी तथा मध्य भूभागसँग जोड्ने मुख्य मार्ग भएकाले यसलाई ‘काठमाडौँको लाइफलाइन’का रूपमा लिने गरिन्छ।

यही सडक अवरुद्ध हुँदा राजधानी भित्रिने तथा बाहिरिने सवारीसाधन प्रभावित भएका छन्।

सम्बन्धित समाचार

समानुपातिकको मत गणना अन्तिम चरणमा, बुधबार सक्ने तयारीमा

समानुपातिकको मत गणना अन्तिम चरणमा, बुधबार सक्ने तयारीमा

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। मंगलबार आयोगले यसबारे जानकारी...

यस्तो भवनमा लिदैछन् नवनिर्वाचित सांसदले शपथ [तस्बिरहरू]

काठमाडौं। गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ सांसद सदन छिर्दैछन्। नियमित रूपमा चल्ने बैठक प्रतिनिधिसभाको नयाँ बानेश्वरको...

यस्तो छ पुकार बमको खर्च विवरण

यस्तो छ पुकार बमको खर्च विवरण

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले आफ्नो चुनावी खर्च विवरण...

झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाई नजिकको बहुमत प्राप्त गरेको छ । बालेन्द्र शाह...