Breaking News

राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल बुधबार हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने यही चैत २५ गते हुने बताइएको छ ।

साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख

समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख

काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८ लाख मत कटाएको छ।  हालसम्म...

छ दल बने राष्ट्रिय पार्टी : पहिलो रास्वपा, अन्तिम राप्रपा

छ दल बने राष्ट्रिय पार्टी : पहिलो रास्वपा, अन्तिम राप्रपा

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७...

करिब दुई सातापछि नयाँ सरकार

करिब दुई सातापछि नयाँ सरकार

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणामबमोजिम सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने छ ।...

पृथ्वी राजमार्गमा डेढ घण्टादेखि ट्राफिक जाम

पृथ्वी राजमार्गमा डेढ घण्टादेखि ट्राफिक जाम

काठमाडौँ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ घण्टादेखि ट्राफिक जाम भएको छ। एउटा ट्रक बिग्रिएपछि सडक...