Breaking News

समानुपातिक मत : यस्तो छ दलहरूले समानुपातिक सिट संख्या

प्रत्यक्षतर्फको स्पस्ट नतिजा आइसेकपनि समानुपातिक तर्फको सिट बाँडफाँड टुंगो लागेको छैन। अब थोरै मत मात्रै निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेकाले समानुपातिकको संभावित आँकडा पनि आइसकेको छ।२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा स्पष्ट बहुमतका साथ पहिलो दल बनेको छ। प्रत्यक्षमा १ सय २५ सिट जितेको रास्वपाले समानुपातिकमा ५७ सिट प्राप्त गर्नेछ।

यसरी संसदमा उसका १ सय ८२ सांसदको प्रतिनिधित्व हुने भएको छ। यो दुई तिहाइका लागि २ सांसद मात्र कम हो।

त्यसैगरी प्रत्यक्षमा १८ सिट जितेको नेपाली कांग्रेसले पनि समानुपातिक तर्फ २० सिट पाउने देखिएको छ। यसरी कांग्रेसका ३८ सांसद प्रतिनिधिसभामा रहनेछन्।

प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकमा २५ सिट पाउने देखिएको छ। यसरी उसका कूल २५ सांसद हुनेछन्।

प्रत्यक्षमा ८ सिट जितेको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकमा ९ सिट पाउने हुँदा उसका कूल सांसद १७ जना हुनेछन्।

भर्खर उदाएको श्रम संस्कृति पार्टी पाँचौं दल बनेको छ। प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृतिले समानुपातिकमा ४ सिट जितेर पहिलो प्रयासमा ७ सांसद लिएर संसद छिर्ने भएको छ।

प्रत्यक्षमा एक सिट मात्रै जितेको राप्रपाले पनि समानुपातिकमा ४ सिट नै पाउने देखिएको छ। यसरी उसका पाँच सांसद हुनेछन्।

समानुपातिकको सिट बाँडफाँडको औपचारिक घोषणा भने निर्वाचन आयोगले गरिसकेको छैन।

सम्बन्धित समाचार

भारतका इच्छा मृत्युको अनुमति

भारतका इच्छा मृत्युको अनुमति

नयाँ दिल्ली। भारतको सर्वोच्च अदालतले आज पहिलोपटक निष्क्रिय इच्छामृत्युलाई अनुमति दिएको छ। इज्जतका साथ मृत्युलाई मौलिक हकको मान्यताको व्याख्या...

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसदमा प्रतिनिधित्वका लागि राजनीतिक दलले...

राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै

राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि...

समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख

समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख

काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८ लाख मत कटाएको छ।  हालसम्म...