भारतका इच्छा मृत्युको अनुमति
न्यायाधीशद्वय जे.बी. पारदीवाला र के.वी. विश्वनाथनको इजलासले ३२ वर्षीय हरीश राणाको हकमा यस्तो आदेश दिएको हो। अदालतले यो विषयमा आवश्यक कानूनहरू बनाउन आदेश दिएको छ। अदालतले आफ्ना सन्तानप्रति देखाएको प्रेम र हेरचाहको सह्राना गरेको छ।
राणा प्रतिभाशाली युवा थिए। आफ्नो पेइङ गेस्ट आवासको चौथो तलाबाट खसेका थिए। दुर्घटनामा मस्तिष्कमा गम्भीर चोट लागेको थियो, जसले गर्दा उनका चारवटा अंगको पक्षघात भएको थियो। पछिल्लो १३ वर्षमा उनको अवस्थामा कुनै सुधार भएको थिएन।
अदालतले विरामीको सर्वोत्तम हितमा नभएको अवस्थामा पाइपबाट पोषण तत्त्व दिन बन्द गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ। प्राथमिक मेडिकल बोर्ड र माध्यमिक मेडिकल बोर्ड सबैले यसमा ध्यान दिन पनि सुझाव दिएको छ।
२०१८ को इजलासको फैसला र जनवरी २०२३ को संशोधित आदेशअनुसार सम्मानका साथ मृत्युको अधिकारका लागि मेडिकल बोर्डको पनि सल्लाह आवश्यक हुन्छ।
अन्तिम आदेश दिनुअघि अदालतले विरामीका माता-पितासँग भेट गरेको थियो। अदालतले भन्यो‚ ‘उपचार जारी राख्नाले उनको जैविक जीवन प्रक्रिया मात्र लम्बिँदै थिए, कुनै पनि क्लिनिकल सुधार भएको थिएन।’
छोराको इच्छामृत्युको माग पिताले गरेका थिए। उनले सन् २०२४ मा अदालतमा निवेदन दिएका थिए। त्यतिखेर अदालतले उनको निवेदन अस्वीकार गरेको थियो।
सन् २०१८ को मार्चमा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश दीपक मिश्रा नेतृत्वको पाँचजनाको इजलासले इज्जतका साथ बाँच्न पाउनुपर्ने अधिकारमा सहज मृत्युवरणको पनि पर्ने भन्दै व्याख्या गरेको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसदमा प्रतिनिधित्वका लागि राजनीतिक दलले...
समानुपातिक मत : यस्तो छ दलहरूले समानुपातिक सिट संख्या
काठमाडौं। प्रतिनिधसभा सदस्य निर्वाचनबाट आउने नयाँ अंकगणित गणित लगभग टुंगो लागेको छ। प्रत्यक्षतर्फको स्पस्ट नतिजा आइसेकपनि समानुपातिक तर्फको सिट...
राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै
काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि...
समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख
काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८ लाख मत कटाएको छ। हालसम्म...




