विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
काठमाडौँ। मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) को वित्तीय विवरण अनुसार विदेशी मुद्रा सञ्चििति ३३ खर्ब २ अर्ब रुपैयाँ बराबर पुगेको हो ।
असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब रुपैयाँ थियो। यो हिसाबले सञ्चिति २३.३ प्रतिशतले देखिएको हो।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २९ खर्ब २६ अर्ब ९९ करोड छ। बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ बराबर छ।
मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमयको यो सञ्चितिले २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने बताइन्छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
भारतका इच्छा मृत्युको अनुमति
नयाँ दिल्ली। भारतको सर्वोच्च अदालतले आज पहिलोपटक निष्क्रिय इच्छामृत्युलाई अनुमति दिएको छ। इज्जतका साथ मृत्युलाई मौलिक हकको मान्यताको व्याख्या...
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसदमा प्रतिनिधित्वका लागि राजनीतिक दलले...
समानुपातिक मत : यस्तो छ दलहरूले समानुपातिक सिट संख्या
काठमाडौं। प्रतिनिधसभा सदस्य निर्वाचनबाट आउने नयाँ अंकगणित गणित लगभग टुंगो लागेको छ। प्रत्यक्षतर्फको स्पस्ट नतिजा आइसेकपनि समानुपातिक तर्फको सिट...
राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै
काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि...




