आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
काठमाडौँ। पश्चिम एशियामा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको सरकारले स्पष्ट पारेको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियाको विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र हालसम्म त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी दिनुभएको हो । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव राईले तत्कालै नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
सचिव राईकाअनुसार परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका आफ्ना कुटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको छ । सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को बैठकले गरेका निर्णयहरु कार्यक्षेत्रमा रहेका नेपाली नियोगहरुमार्फत निरन्तर कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार तत्कालै हाम्रा नेपाली नागरिकहरुलाई सुरक्षाकै दृष्टिकोणबाट त्रास, डर वा जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरी ल्याइहाल्नुपर्ने अवस्था छैन । त्यसैले नेपालमा रहनुभएका उहाँहरुका परिवारजन र पश्चिम एशियामा बस्ने नेपालीहरुलाई विचलित र चिन्तित नहुन म हार्दिक आग्रह गर्दछु ।’ नेपालले अन्य श्रम गन्तव्य मुलुकहरूसँग पनि समन्वय गरिरहेको पनि जानकारी दिनुभयो । भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका धेरै श्रमिक पठाउने देशका दुतावास र मिसनहरूसँग नेपाली राजदुत र कन्सुल जनरलहरुले दैनिक रूपमा समन्वय गरिरहेको सचिव राईले बताउनु भयो ।
‘आवश्यक परे पानीजहाज नै चार्टर गरेर उद्धार गर्छौं’
सरकारले नागरिकको उद्धार गर्न सक्दैन कि भन्ने प्रश्नको जवाफ दिँदै सचिव राईले सरकार आफ्नो नागरिकको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गर्नुभयो । कुनै विकल्प नभएको खण्डमा सरकारले जुनसुकै हालतमा पनि उद्धार गर्ने उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
-
२.
मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल
-
३.
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
-
४.
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
-
५.
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
ट्रेन्डिङ
सम्बन्धित समाचार
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले टर्मिनल हाई एल्टिच्युड एरिया डिफेन्स (थाड) ब्याट्रीका इन्टरसेप्टर क्षेप्यास्त्रहरू मध्यपूर्वमा सार्ने तयारी गरिरहेको एक...
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गर्नुभएको छ । बुधवार सिंहदरवारमा...
नयाँ मन्त्रीलाई सरकारी आवास समस्या
काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम धमाधम आइरहेको छ । अबको केही दिनमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने...
सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते
सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालयका...




