एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ।
बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १ को चुनावी समीक्षा बैठकमा करिब पौने ३ बजेतिर उहाँ हृदयाघात भई ढल्नुभएको थियो। उहाँलाई तत्काल पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो। मणिपाल शिक्षण अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो।
थापा २०५४ सालमा पोखरामा नगरप्रमुख निर्वाचित हुनुभएको थियो। २०७४ सालमा उहाँ गण्डकी प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो। २०७९ मा उहाँ पोखरा महानगरप्रमुख पदको निर्वाचनमा पराजित हुनुभएको थियो।
यो प्रतिनिधिसभा चुनाव आकांक्षी रहे पनि उहाँले टिकट पाउनुभएको थियो।
ताजा अपडेट
-
१.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
-
२.
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
-
३.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
४.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
५.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
ट्रेन्डिङ
सम्बन्धित समाचार
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
काठमाडौँ। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली आज स्वदेश फर्काइएका छन्। अनलाइन स्क्यामिङ र क्यासिनो अनलाइन ठगी लगायतका काममा...
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६...
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...




