कोशी

बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम हुँदै नांगीन, याङनाम र सिदिन भएर भारतसँगको सीमावर्ती क्षेत्र फालौटसम्म जोड्ने सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले डाइभर्सनमा जडान गरिएका ह्युम पाइपसमेत बगाएर लगेको छ। बिहीबार साँझ फिदिम नगरपालिका–१२ र १३ का केही क्षेत्रमा परेको ठुलो वर्षापछि आएको बाढीले ह्युम पाइप बगाएको हो।

२०८१ असोज १२ गते आएको बाढीले सो स्थानको पक्की पुल बगाएपछि उक्त खोलामा यातायात डाइभर्सनका भरमा सञ्चालन हुँदै आएको थियो। गत वर्ष पनि पटक–पटक डाइभर्सन बग्दा सवारी आवागमन अवरुद्ध हुने गरेको थियो।

उक्त स्थानमा प्रदेश सरकारले बेलिब्रिज निर्माण गरिरहेको भए पनि जडानको काम अझै सम्पन्न भइसकेको छैन।

क्षतिग्रस्त डाइभर्सन मर्मत गरी सडक खुलाउने प्रयास पूर्वाधार विकास कार्यालय पाँचथरले बिहानैदेखि गरिरहेको कार्यालय प्रमुख सैलेन्द्र सिंहले बताउनुभयो।

सम्बन्धित समाचार

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...

इलाम केन्द्रबिन्दु बनाएर भूकम्प

इलाम केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं। इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका...

गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु

गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौँ। झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। सोमबार...

दमकका सबै वडामा एमालेका निर्वाचन परिचालन कमिटीका कार्यालय

दमकका सबै वडामा एमालेका निर्वाचन परिचालन कमिटीका कार्यालय

दमक । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय आजदेखि सञ्चालन...