लुम्बिनी

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

कपिलबस्तु। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार स्थानीय ५७ वर्षीया लिला कुमारी श्रेष्ठ माथि बोक्सीको आरोप लगाउँदै आगोको अगुल्टोले शरीरका विभिन्न भागमा प्रहार गरी दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ५१ वर्षीया हुम कुमारी झेडी मगर र उनकी २१ वर्षीया छोरी खगिसरा झेडी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पीडित श्रेष्ठमाथि कुटपिट तथा दुर्व्यवहार गरिएको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिई दुवै जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।

पक्राउ परेकी आमाछोरीविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले उहाँको भनाई छ । यस सम्बन्धमा थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशकै पहिलो इड्राइभले नेपालगन्जबाट सुरु

लुम्बिनी प्रदेशकै पहिलो इड्राइभले नेपालगन्जबाट सुरु

नेपालगन्ज । लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ट्याक्सी तथा बाइक सेवा ई–ड्राइभले नेपालगन्जबाट पनि औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ ।...

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट युवकलाई पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट युवकलाई पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेकै...

मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शङ्कर पोखरेल

मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शङ्कर पोखरेल

दाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका नेकपा ९एमाले० महासचिव...

बालेनका समर्थकहरू चढेको गाडी नेपालगन्जमा दुर्घटना, केही घाइते

बालेनका समर्थकहरू चढेको गाडी नेपालगन्जमा दुर्घटना, केही घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खस्नुभएको छ।...