खेलकुद

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि नेपालसँग उच्चस्तरको फुटबल खेल्न सक्ने ३०/३५ जना फुटबलर रहेको बताउनुभएको हो। यो संख्यामा वृद्धिका लागि आफूले काम गर्नुपर्ने उहाँले बताउनुभयो।

एरिनाले आगामी जुन ५ तारिखमा हङकङसँग हुने मैत्रीपूर्ण फुटबल र अक्टोबरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि बलियो नेपाली टोली निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो।

नेपाली टोलीमा सुधार आवश्यक रहेको र त्यसबारे आफूले अध्ययन गरिसकेको उहाँको भनाइ छ। पछिल्ला २-३ वर्षदेखि नेपाली टोलीबारे नियाल्दै आएको उहाँले बताउनुभयो। ‘केही पक्षमा सुधार आवश्यक छ’, उहाँले भन्नुभयो, ‘खेलाडीहरूमा राम्रो प्रदर्शन गर्दा राम्रो सम्झौताहरू पाउँछौं भन्ने विश्वास भयो भने त्यसअनुरूप नतिजा पनि सुखद आउँछ।’

प्रशिक्षक एरिनाले राष्ट्रिय टिममा बस्नका लागि खेलाडीहरूको आत्मविश्वास पनि बलियो हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो।

एरिनासँग एन्फाले बिहीबार मात्र उनीसँग एक वर्षका लागि सम्झौता गरेको थियो।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...