इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। अमेरिकी केन्द्रीय कमान्डले दुर्घटनामा विमानमा सवार चालक दलका सबै ६ सदस्यकै मृत्यु भएको जानकारी दिएको हो।
केन्द्रीय कमान्डको दाबीअनुसार अपरेसन एपिक फ्युरीका क्रममा सहयोगी हवाई क्षेत्रमा उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो। कमान्डले एक्समा लेखेको छ, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। यद्यपि विमान कुनै शत्रुको गोलीबाट खसेको होइन।’
तर रोयटर्सका अनुसार त्यो विमान इराकको इस्लामिक रेजिस्टेन्स भन्ने संगठनले आफूले खसालेको दाबी गरेको छ। आईआरएनए समाचार एजेन्सीले पनि इरान-समर्थित उक्त समूहले घटनाको जिम्मेवारी लिएको दाबी गरिएको विज्ञप्ति जारी गरेको छ। जसमा भनिएको छ, ‘इराकको राष्ट्रिय सार्वभौमिकता र हवाई क्षेत्रको रक्षा गर्न केसी-१३५ विमानलाई निसाना बनाएका हौँ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...




