Breaking News

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा लगाउनुपर्नेमा जोड दिनुभएको छ ।

एनआरएनएको १२ औं ग्लोवल कन्फरेन्सलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष शर्माले श्रमिकले पठाएको पैसाको ठूलो हिस्सा उपभोग्य क्षेत्रमा खर्च भइरहेको भन्दै त्यसलाई पुँजी निर्माणमा जोड्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो । शर्माले वार्षिक करिव २० खर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको र त्यसको करिव ७० प्रतिशत हिस्सा उपभोग्य क्षेत्रमा खर्च भइरहेको बताउनु भयो । शर्माले एनआरएनएले ५ वर्षअघि अघि बढाएको १० अर्बको लगानी कोष अझै कार्यान्वयनमा नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । महिनाको १० हजार रुपैयाँ लगानी गर्न चाहने श्रमिकहरूलाई कोषमा आवद्ध गराउने भनिए पनि काम अघि नबढ्दा श्रमिकलाई ढाँटेको जस्तो भान हुन थालेको भन्दै उहाँले सरकारले यसलाई तत्काल सम्बोधन गर्नुपर्ने माग गर्नुभयो । उहाँले ऊर्जा क्षेत्रमा लगानीको आवश्यकता औंल्याउँदै ३ हजार मेगावाट बिजुली मात्र उत्पादन गर्नसके ८० अर्बको कुकिङ ग्यास आयात घटाउन सकिने र ८ देखि १० हजार मेगावाटले इन्धन आयात ८० प्रतिशतले प्रतिस्थापन गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यदि हामीले वैधानिक च्यानलबाट आउने २० खर्बको १० प्रतिशत मात्रै पनि सामूहिक लगानीमार्फत जम्मा गर्न सक्यौं भने २ खर्बको पुँजी निर्माण हुन्छ । त्यो पुँजीले देशमा धेरै ठूला आयोजनाहरू सम्पन्न गर्न सकिन्छ । श्रमिकहरूको लगानी भोलि पेन्सनको रूपमा वचत गर्न अब ढिलो भइसकेको छ ।’
मध्यपूर्वको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शर्माले त्यहाँ रहेका करिव २० लाख नेपाली श्रमिकको रोजगारी गुमेमा नेपालको स्थिति डरलाग्दो हुने चेतावनी दिनुभयो । एनआरएनए सामान्य श्रमिकदेखि अर्बपतिसम्मको साझा चौतारी हुनुपर्ने बताउनु भयो । नेपाल आफैँमा स्वर्ग जस्तो रहेको बताउँदै शर्माले विदेशमा सिकेको ज्ञान, सिप र पुँजी देशमै परिचालन गर्नुपर्ने बेला आएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...