हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम भोग्नुपरेको बताउनुभयो।
भट्टले गत भदौ २३ र २४ गतेका घटनाक्रमलाई जनतासमक्ष सही रूपमा संप्रेषण गर्न नसक्नु पार्टीको मुख्य कमजोरी रहेको पनि बताउनुभयो। अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै उपमहासचिव लेखराज भट्टले आफूले देखेका कमजोरीहरू पार्टी कमिटीमै राख्ने बताउनुभयो।
‘हामीले गरेका कामलाई तलसम्म जनतासँग पुर्याउन सकेनौँ’, उहाँले भन्नुभयो,’भदौ २३ र २४ को घटनालाई पनि ठीक ढङ्गले जनतासमक्ष सम्प्रेषण गर्न सकेनौँ। त्यसको परिणाम नै अहिले हामीले भोगिरहेका छौँ र यसलाई स्वीकारेर अगाडि बढ्नुपर्छ।’
ती घटनाक्रम कसरी भए, त्यसमा पार्टी र नेतृत्वको भूमिका के थियो भन्ने यथार्थ कुरा जनतामाझ पुग्न नसक्दा पर्दा पछाडिका खेलहरूले प्रश्रय पाएको भट्टले बताउनुभयो। निर्वाचन वा राजनीतिक घटनाक्रमको समीक्षा पार्टीभित्र तल्लो तहबाटै स्वतःस्फूर्त रूपमा शुरु भइसकेको दाबी उहाँले भन्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...




