रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ । आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार खास आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुङ्गो लगाइएको छ ।यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाको भनाइ छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कांग्रेसले पनि टुंग्यायो समानुपातिक सांसद
काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ । आज बसेको बैठकले...
तीन दिने भ्रमणमा आज काठमाडौं आइपुग्दै अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल
काठमाडौं। अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आइपुग्दैछन्। युएस आर्मी प्यासिफिकका भोवेल आज भुटान हुँदै नेपाल...
नयाँ सरकार कहिले?
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सदस्यले चैत ५ गतेसम्म निर्वाचितको प्रमाणपत्र पाउँदै छन्। निर्वाचन आयोगको पत्राचार...
रास्वपाले आज गर्दैछ बालेनलाई संसदीय दलको नेता बनाउन विधान संशोधन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक...




