Breaking News

कांग्रेसले पनि टुंग्यायो समानुपातिक सांसद

काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ । आज बसेको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम फाइनल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका ६२ सांसद हुनेछन् । उनीहरूमध्ये ३३ प्रतिशत (२१ जना) महिला प्रतिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसले समानुपातिकमा १५ जना महिला उम्मेदवार छान्नुपर्ने र त्यसै बमोजिम गरिएको चालिसेले बताउनुभयो ।

चालिसेका अनुसार आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको गरेर कुल ५ जना सांसदको चयन गरिएको छ ।

सम्बन्धित समाचार

रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव

रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ । आइतबार बसेको...

तीन दिने भ्रमणमा आज काठमाडौं आइपुग्दै अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल

तीन दिने भ्रमणमा आज काठमाडौं आइपुग्दै अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल

काठमाडौं। अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आइपुग्दैछन्। युएस आर्मी प्यासिफिकका भोवेल आज भुटान हुँदै नेपाल...

नयाँ सरकार कहिले?

नयाँ सरकार कहिले?

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सदस्यले चैत ५ गतेसम्म निर्वाचितको प्रमाणपत्र पाउँदै छन्। निर्वाचन आयोगको पत्राचार...

रास्वपाले आज गर्दैछ बालेनलाई संसदीय दलको नेता बनाउन विधान संशोधन

रास्वपाले आज गर्दैछ बालेनलाई संसदीय दलको नेता बनाउन विधान संशोधन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक...