Breaking News

घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ। आज (सोमबार) काठमाडौँ उपत्यकामा चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियसमा झरेको हो।

अझ यो सुरुवाती मापन मात्र हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा केही घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ यही कायम रहन पनि सक्छ।

हिजो (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियस थियो।

यसैबिच आज पनि काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना देखिएको मौसमविद् लामिछानेले जानकारी दिए।

सम्बन्धित समाचार

पेट्रोल, डिजेल र एलपि ग्यासको मूल्य भारी बढ्यो

पेट्रोल, डिजेल र एलपि ग्यासको मूल्य भारी बढ्यो

काठमाडौँ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको...

इरानले भन्यो: अमेरिकासँग वार्ता वा युद्धविरामका लागि अनुनय गरेका छैनौँ

इरानले भन्यो: अमेरिकासँग वार्ता वा युद्धविरामका लागि अनुनय गरेका छैनौँ

इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीले आफ्नो देशले अमेरिकासँग कहिल्यै युद्धविराम वा वार्ताका लागि कहिले अनुरोध नगरेको दाबी गरेका छन्।...

अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी

अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी

काठमाडौँ। उज्यालो नेपाल पार्टीले अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि व्यक्त गरेको छ। पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको...

यी हुन् नेकपाका ९ समानुपातिक सांसद

यी हुन् नेकपाका ९ समानुपातिक सांसद

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना भागमा परेका ९ समानुपातिक सांसदको टुंगो लगाएको छ। नेकपाले आइतबार समानुपातिक सांसद...