अन्तर्राष्ट्रिय

मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

मेडागास्करका राष्ट्रपति माइकल रान्ड्रियानिरिनाले आईतवार मामिटियाना राजोनारिसनलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भवनमा भएको नियुक्ति समारोहमा रान्ड्रियानिरिनाले लामो समयदेखि भ्रष्टाचार विरोधी क्षेत्रमा काम गरेका राजोनारिसनको इमानदारी आफूलाई आवश्यक रहेको बताउनु भयो । राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीले राष्ट्रिय पुनर्निर्माण नीति कार्यान्वयन गर्ने र जतिसक्दो चाँडो ठोस परिणाम दिने जिम्मेवारीसहितको सरकार तत्काल गठन गर्ने अपेक्षा गरेको पनि जोड दिनुभयो ।

आफ्नो नियुक्ति अघि, राजोनारिसनले सम्पती शुद्धीकरण र आतंकवाद कोष विरुद्धको लडाईको प्रभारी राष्ट्रिय निकाय, मेडागास्करको वित्तीय खुफिया इकाईको महानिर्देशकको रूपमा काम गर्नुभएको थियो । रान्ड्रियानिरिनाले पूर्व प्रधानमन्त्री हेरिन्त्सालामा राजोनारिभेलोको नेतृत्वमा रहेको सरकार विघटन गरेको छ दिनपछि यो नियुक्ति भएको हो ।

सम्बन्धित समाचार

अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा

अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आईतवार देशको १८४८ को क्रान्ति र स्वतन्त्रता संग्रामको वार्षिकोत्सवको अवसरमा आयोजित एक विशाल ¥यालीमा हंगेरीलाई...

मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु

मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु

मध्य गाजाको अल–जवायदा शहरको प्रवेशद्वार नजिकै प्रहरीको गाडीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको गाजाको...

सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित

सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित

भुमजैथाई पार्टीका सांसद सोफोन जराम आईतवार थाइल्याण्डको प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित हुनुभएको छ । थाई संविधानअनुसार प्रतिनिधि सभाका...

इरानले भन्यो: अमेरिकासँग वार्ता वा युद्धविरामका लागि अनुनय गरेका छैनौँ

इरानले भन्यो: अमेरिकासँग वार्ता वा युद्धविरामका लागि अनुनय गरेका छैनौँ

इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीले आफ्नो देशले अमेरिकासँग कहिल्यै युद्धविराम वा वार्ताका लागि कहिले अनुरोध नगरेको दाबी गरेका छन्।...