बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता
सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बराहताल गाउँपालिका—१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका—८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, आइतबार बेलुका ५ बजेतिर बराहताल गाउँपालिका २ का आसे महतराले उक्त घटनाबारे प्रहरीकहाँ जानकारी गराएका थिए । उनले आफ्नो साला नाता पर्ने ३३ वर्षीय टोपबहादुर खत्रीसहित फागुन २३ गते सिकार खेल्ने गएको तर अहिलेसम्म नफर्केको भनेका थिए ।
महतराका अनुसार उनीहरु फागुन २३ गते गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका थिए । ‘सँगै गएकामध्ये सुनिल समसेलीको आमाले टोपबहादुर खत्रीको मृत्यु भएको भनेर आसे महतराले प्रहरी चौकी रानीघाटमा सोमबार बिहान मात्रै जानकारी गराएकी छन्,’ प्रहरी नायव उपरीक्षक बुढ्थापाले भने । यद्यपि यसबारे यकिन भइनसकेको उनको भनाई छ ।
अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा ४ जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ भने जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थाल्यो
काठमाडौं। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थालेको छ। मात्रा घटाउने उद्देश्यका साथ महानगरले छुट्टै सुक्खा फोहर व्यवस्थापन...
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
काठमाडौँ। भदौ २२ र २३ गते भएको जेन–जी आन्दोलनको एउटा कारणका रुपमा धनी र गरिवबीचको आम्दानीको वितरणमा रहेको ठूलो...
पेट्रोल, डिजेल र एलपि ग्यासको मूल्य भारी बढ्यो
काठमाडौँ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको...
इरानले भन्यो: अमेरिकासँग वार्ता वा युद्धविरामका लागि अनुनय गरेका छैनौँ
इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीले आफ्नो देशले अमेरिकासँग कहिल्यै युद्धविराम वा वार्ताका लागि कहिले अनुरोध नगरेको दाबी गरेका छन्।...




