इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान
दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।
रोयटर्सका अनुसार, इरानबाट आउने मिसाइल र ड्रोन खतरालाई यूएईको हवाई रक्षा प्रणालीले जवाफ दिइरहेको छ।
रोयटर्सलाई उद्धृत गर्दै त्यहाँको स्थानीय समाचार एजेन्सीले जनाए अनुसार, यूएईको उड्डयन प्राधिकरणले ‘असाधारण सावधानीमूलक उपाय’ स्वरूप देशको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।
फेब्रुअरी २८ देखि इजरायल र अमेरिकाले इरानका सैन्य पूर्वाधारहरूमा संयुक्त आक्रमण गरेपछि यो द्वन्द्वको असर खाडी मुलुकमा परेको हो ।
यसको प्रतिशोधमा इरानले इजरायलका साथै अमेरिकी सैन्य अखडाहरू रहेका खाडी मुलुक ९युएई, साउदी अरब, कतार, बहराइन र कुवेत० मा लगातार मिसाइल र ड्रोन प्रहार गरिरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको तेलमा अत्याधिक निर्भर रहेका करिव सात देशहरूसँग हर्मुज जलडमरु हुँदै जाने पानीजहाजहरूलाई सुरक्षा दिन...
पूर्वी भारतको अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु
भारतको पूर्वी राज्य ओडिसाको एक सरकारी अस्पतालमा आगलागी हुँदा१० जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्...
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बाजुरा। स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीय ४५ वर्षीय धनबहादुर...
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
सोमबार राति पाकिस्तानले अफगानिस्तानमा फेरि हवाई हमला गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाको लडाकु विमानले राजधानी काबुलका धेरै...




