Breaking News

ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको तेलमा अत्याधिक निर्भर रहेका करिव सात देशहरूसँग हर्मुज जलडमरु हुँदै जाने पानीजहाजहरूलाई सुरक्षा दिन एउटा गठबन्धनमा सामेल हुन माग गरेको बताउनुभएको छ । यो जलडमरु विश्वको करिव २० प्रतिशत तेल ओसारपसार हुने प्रमुख जलमार्ग हो ।

ट्रम्पले ह्वाइट हाउसले वार्ता गरिरहेका ती देशहरूको नाम भने खुलाउनुभएन । तर ती देशहरू यस क्षेत्रको तेलमा अत्यधिक निर्भर रहेको बताउनु भयो । सोही दिन फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले नेटो सदस्य राष्ट्रहरूले हर्मुज जलडमरु खुलाउन युद्धपोतहरू पठाउनुपर्ने बताउनु भयो ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएअनुसार ह्वाइट हाउसले यसै साता बहुराष्ट्रिय गठबन्धनको घोषणा गर्ने योजना बनाएको छ । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले बिहीवार आफ्नो पहिलो सन्देशमा हर्मुज जलडमरुलाई निरन्तर बन्द राख्न आह्वान गर्नुभएको थियो । खामेनीले अमेरिका र इजरायलविरुद्धको द्वन्द्वमा नयाँ मोर्चाहरू खोल्ने वाचा पनि गर्नुभ्एको छ ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि ठूलो आक्रमण गरेका थिए । यसले विश्वव्यापी पानीजहाज आवागमन अवरुद्ध भएको छ । जसका कारण विश्व अर्थतन्त्र डगमगाएको छ र तेलको मूल्य आकाशिएको छ ।

सम्बन्धित समाचार

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी। सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले...

पूर्वी भारतको अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

पूर्वी भारतको अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

भारतको पूर्वी राज्य ओडिसाको एक सरकारी अस्पतालमा आगलागी हुँदा१० जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्...

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। रोयटर्सका...

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा। स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीय ४५ वर्षीय धनबहादुर...