Breaking News

पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप

पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ। राजधानीको एउटा लागूऔषध पुनर्स्थापना अस्पतालमा पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएका र २५० जना घाइते भएका भनेर अफगनिस्तानको तालिबान सरकारका एक प्रवक्ताले आरोप लगाएका छन्।

पाकिस्तानले भने उक्त दाबीलाई झूटो र भ्रामक भन्दै अस्वीकार गरेको भनेर समाचार संस्था रोएटर्सले जनाएको छ। आफूले सोमबार राति सैन्य प्रतिष्ठानहरू र आतंकवादी सहायता पूर्वाधारमाथि सटिक प्रहार गरेको पाकिस्तानले बताएको छ।

चीनले दुई छिमेकी राष्ट्रलाई वार्ताको टेबलमा फर्कन आग्रह गरेको केही घण्टापछि पाकिस्तानले उक्त हवाई आक्रमण गरेको हो। करिब २६ सय किलोमिटर सीमा जोडिएका दुई दक्षिण एसियाली इस्लामिक राष्ट्रहरूबीच गत महिनादेखि द्वन्द्व भइरहेको छ।

चीन लगायतका मित्र राष्ट्रहरूले मध्यस्थता गर्ने र लडाइँ अन्त्य गर्ने प्रयास गरेपछि यो केही कम भएको थियो। तर मुस्लिमहरूको पवित्र महिना रमजानको अन्त्य हुने इद(अल(फित्र पर्वको केही दिन अघि यो फेरि चर्किएको छ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी ठमेलबाट पक्राउ

जेनजी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी ठमेलबाट पक्राउ

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका कैदी ६ महिनापछि ठमेलबाट पक्राउ परेका छन्। लागूऔषध मुद्दामा कैद...

अभिमुखीकरण कार्यक्रममा किन गएनन् रवि र बालेन?

अभिमुखीकरण कार्यक्रममा किन गएनन् रवि र बालेन?

काठमाडौँ। ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा केहीबेरअघि शुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभिमुखीकरण कार्यक्रममा सभापति रवि लामिछाने...

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी। सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले...

ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्

ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको तेलमा अत्याधिक निर्भर रहेका करिव सात देशहरूसँग हर्मुज जलडमरु हुँदै जाने पानीजहाजहरूलाई सुरक्षा दिन...