बढ्यो सेयर बजार
काठमाडौं। सेयरबजार आज १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेन्ज -नेप्से)का अनुसार सूचक ०.४८ प्रतिशतले बढेको दिन १२ अर्ब ३ करोडको कारोबार भएको छ। कुल ३ करोड ४८ लाख कित्ता बिक्रीपछि उक्त परिमाणमा कारोबार भएको हो।
यस दिन १३२ वटा सेयरको मूल्य बढ्दा ११३ वटाको घटेको र १७ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्दा सालपा विकास बैंक र होटल फरेस्ट इन समान ९.९९ प्रतिशत तथा शिवश्री हाइड्रोपावर ८.१० प्रतिशतले बढेको छ।
आज एनआईसी एसिया ग्रोथ फन्ड २ सर्वाधिक ४.७४ प्रतिशतले घटेको छ। बाँकी सेयरहरु ३.६१ प्रतिशतसम्म ओर्लिएका छन्।
कारोबारमा मंगलबार रिडी पावर कम्पनी ५६ करोड, आखु खोला जलविद्युत् कम्पनी ५१ करोड, नेशनल हाइड्रोपावर ४८ करोड, हिमाल दोलखा हाइड्रोपावर ४६ करोड र शिवश्री हाइड्रोको ४४ करोडको कारोबार भएको छ।
मंगलबार फाइनान्स, होटल र पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स, अन्य, व्यापार, निर्जीवन बीमा घटे पनि बाँकी बढेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कुल २८ खर्ब ७८ अर्ब २९ करोड पुग्यो सार्वजनिक ऋण
काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा...
शिखर पावर डेभलपमेन्टको आइपिओ बाँडफाँट
काठमाडौँ। शिखर पावर डेभलपमेन्टको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा...
सफलताका कथा : जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर
झापा। कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका...
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु चार सय र चाँदी रु...




