एमालेको तानसेन कमिटी विघटन
काठमाडौं। नेकपा एमालेले पाल्पाको तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ल्याएको परिणामबारे समीक्षाका लागि बसेको बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि बढाउन नसकिने भन्दै नगर र सबै वडा कमिटीहरू विघटन गरेको हो।
तानसेन नगरपालिकामा १४ वटै वडामा एमालेका वडा कमिटी गठन गरिएका थिए। ती सबै कमिटी विघटन गरिएको नगर अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो।
आत्रेयका अनुसार नगर र वडामा अर्को कमिटी गठन नहुँदासम्म भने अहिले विघटन गरिएका पुरानै कमिटीले काम गर्ने छन्।
नयाँ कमिटी गठनका लागि जेठ ३ गते नगर कमिटी गठनका लागि अधिवेशन गर्ने निर्णय गरिएको छ भने तीन महिनाभित्र सबै वडा कमिटीहरूले अधिवेशन गर्ने निर्णय भएको उहाँले बताउनुभयो।
अध्यक्ष आत्रेयले अहिले रहेको केन्द्रीय नेतृत्व परिवर्तन नहुँदासम्म पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष सहित नेतृत्व पुनर्गठनका लागि जिल्ला र केन्द्रीय कमिटीलाई दबाब दिनका लागि पनि आफूले नगर र वटा कमिटी विघटन गरेको बताउनुभयो।
पाल्पा क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका एमाले केन्द्रीय सदस्य ठाकुर गैरे सहभागी रहेको समीक्षा बैठकमा सहभागीहरूले पार्टी नेतृत्व पुनर्गठन हुनुपर्ने बताएका थिए। एमाले पाल्पाका जिल्ला कमिटी सदस्य नन्दलाल भुसाल, युवा संयोजक नारायण न्यौपाने लगायतले ६५ वर्ष भन्दा माथिका सबै नेताहरूले पार्टीको नेतृत्व छोड्नुपर्ने बताएका थिए।
बैठकमा एमालेबाट उम्मेदवार बनेका गैरेले असहज अवस्थामा समेत सूर्य चिन्हमा मतदान गरेका मतदाता तथा निर्वाचनमा खटिएका पार्टीका नेता कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्नुुभएको थियो।
समीक्षा बैठकमा जिल्लाभित्रको कारण भन्दा पनि राष्ट्रिय राजनीतिको माहौल अनुसार जनताको मत परिवर्तन भएको निष्कर्ष निकालिएको आत्रेयले बताउनुभयो।
बैठकमा एमाले तर्फका उम्मेदवार ठाकुर गैरेले यो असहज अवस्थामा समेत सूर्य चिह्नमा मतदान गरेका मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कुल २८ खर्ब ७८ अर्ब २९ करोड पुग्यो सार्वजनिक ऋण
काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा...
पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप
पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ। राजधानीको एउटा लागूऔषध पुनर्स्थापना...
जेनजी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी ठमेलबाट पक्राउ
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका कैदी ६ महिनापछि ठमेलबाट पक्राउ परेका छन्। लागूऔषध मुद्दामा कैद...
अभिमुखीकरण कार्यक्रममा किन गएनन् रवि र बालेन?
काठमाडौँ। ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा केहीबेरअघि शुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभिमुखीकरण कार्यक्रममा सभापति रवि लामिछाने...




