कुल २८ खर्ब ७८ अर्ब २९ करोड पुग्यो सार्वजनिक ऋण
काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ।
पछिल्लो आठ महिनामा मात्र दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ। कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव १६ र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ८४ प्रतिशत रहेको छ। हालसम्मको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४७ दशमलव १३ प्रतिशत हुन आउँछ।
सरकारले चालू आर्थिक वर्षका लागि पाँच खर्ब ५९ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा फागुन मसान्तसम्ममा दुई खर्ब ९५ अर्ब १९ करोड ऋण उठाइसकेको छ। जुन वार्षिक लक्ष्यको ५० दशमलव ४४ प्रतिशत हो।
चालू आर्थिक वर्षका लागि आन्तरिकतर्फ तीन खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ६७ दशमलव ३१ प्रतिशत अर्थात् दुई खर्ब ४३ अर्ब ६६ करोडबराबर उठिसकेको छ।
त्यस्तै, बाह्यतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख ऋण उठाउने लक्ष्य रहेकामा फागुन मसान्तसम्ममा २४ दशमलव ३१ प्रतिशत अर्थात् ५६ अर्ब ८० करोड मात्रै उठेको छ।
त्यस्तै, सरकारी ऋणको साँवा–ब्याज तिर्नका लागि यस वर्ष सरकारले चार खर्ब ११ अर्ब एक करोड विनियोजन गरेकामा फागुन मसान्तसम्ममा दुई खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भइसकेको छ। यो वार्षिक विनियोजनका आधारमा ५८ दशमलव ९४ प्रतिशत हो।
कुल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ९७ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
एमालेको तानसेन कमिटी विघटन
काठमाडौं। नेकपा एमालेले पाल्पाको तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा...
पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप
पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ। राजधानीको एउटा लागूऔषध पुनर्स्थापना...
जेनजी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी ठमेलबाट पक्राउ
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका कैदी ६ महिनापछि ठमेलबाट पक्राउ परेका छन्। लागूऔषध मुद्दामा कैद...
अभिमुखीकरण कार्यक्रममा किन गएनन् रवि र बालेन?
काठमाडौँ। ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा केहीबेरअघि शुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभिमुखीकरण कार्यक्रममा सभापति रवि लामिछाने...




