Breaking News

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा

काठमाडौँ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा विशेष कार्यक्रमका साथ मनाइँदैछ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायत प्रदर्शन गर्नेछ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने छ ।

यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो।

पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको मान्यता छ ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने राजधानीवासीमा विश्वास छ ।

सम्बन्धित समाचार

दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई

दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई

काठमाडौँ। यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति...

झन्झटिलो जग्गा प्राप्ति र सुस्त बजेट खर्चले आयोजनाहरू अलपत्रः विश्व बैंक

झन्झटिलो जग्गा प्राप्ति र सुस्त बजेट खर्चले आयोजनाहरू अलपत्रः विश्व बैंक

काठमाडौँ। नेपालको पूर्वाधार विकासको गति सुस्त हुँदा त्यसले मुलुकको समग्र आर्थिक वृद्धि र रोजगारी सिर्जनामा गम्भीर धक्का पु¥याएको एक...

निर्माण सामग्री अभाव र मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, ‘निर्माण होलिडे’ घोषणा गर्न माग

निर्माण सामग्री अभाव र मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, ‘निर्माण होलिडे’ घोषणा गर्न माग

काठमाडौँ। निर्माण सामग्री, इन्धन र ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ । पछिल्लो...

जय ट्रफी मेन्स एलिट कप : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

जय ट्रफी मेन्स एलिट कप : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ। जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल मङ्गलबारदेखि सुरु भएको छ । मुलपानी क्रिकेट मैदानमा सुरु भएको...