Breaking News

जय ट्रफी मेन्स एलिट कप : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ। जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल मङ्गलबारदेखि सुरु भएको छ । मुलपानी क्रिकेट मैदानमा सुरु भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा गरिराखेका छन् ।सुरुमा ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ५८ ओभर तीन बलमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाएको छ । उसका लागि इम्रान शेखले अर्धशतक बनाए । १३७ बलको सामना गरेका उनले ५० रन पूरा गरेका हुन् ।

आर्मीका लागि भीम सार्की ३९, कुशल मल्लले ३८, तीर्थराज दासले ३२, बसिर अहमेदले ३० रन जोडे । सोमपाल कार्मीले २१ बलमा १७ रन बनाएको खेलमा अन्य ब्याट्सम्यानले भने रन जोड्न सकेनन् । आर्मीलाई सस्तैमा रोक्न नेपाल पुलिसका लागि राशिद खानले चार विकेट हात पार्दा करण केसी र ललितनारायण राजवंशीले समान तीनतीन विकेट हात पारे ।

फाइनल खेलको पहिलो दिन नै १० विकेट गुमाएको आर्मीले दिएको २२२ रनको चुनौती पछ्याएको नेपाल पुलिसले ११ ओभरको समाप्तिमा ४१ रन बनाउँदा तीन विकेट गुमाइसकेको छ । पुलिसका ओपनर दिनेश खरेल ३३ बलमा ११ रन बनाएर आउट हुँदा अमित श्रेष्ठ १ रन बनाएर पेभिलियन फर्किए ।

अर्का आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल १२ बलमा १८ रन बनाएर आउट भइसकेका छन् । पुलिसविरुद्ध आक्रामक बलिङ सुरु गरेका आर्मीका सोमपाल कामीले दुई विकेट हात पार्दा आकाश चन्दले एक विकेट लिएका हुन् । फाइनल खेलमा पहिलो दिन नै तीन विकेट गुमाइसकेको पुलिसले दोस्रो दिन १२ औं ओभरबाट ब्याटिङ सुरु गर्दैछ ।

यसअघि फागुन १७ देखि १९ गतेसम्म तय भएको फाइनल खेल निर्वाचनका कारण सारिएको थियो । दुई दिवसीय प्रतियोगिताको फाइनल खेल तीन दिवससीय हुनेछ । जय ट्रफीका गत संस्करणको प्रधानमन्त्री कप क्रिकेटको शीर्ष चारमा रहेको आर्मी, पुलिस, एपिएफ क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गरेका हुन् ।

सम्बन्धित समाचार

झन्झटिलो जग्गा प्राप्ति र सुस्त बजेट खर्चले आयोजनाहरू अलपत्रः विश्व बैंक

झन्झटिलो जग्गा प्राप्ति र सुस्त बजेट खर्चले आयोजनाहरू अलपत्रः विश्व बैंक

काठमाडौँ। नेपालको पूर्वाधार विकासको गति सुस्त हुँदा त्यसले मुलुकको समग्र आर्थिक वृद्धि र रोजगारी सिर्जनामा गम्भीर धक्का पु¥याएको एक...

निर्माण सामग्री अभाव र मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, ‘निर्माण होलिडे’ घोषणा गर्न माग

निर्माण सामग्री अभाव र मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, ‘निर्माण होलिडे’ घोषणा गर्न माग

काठमाडौँ। निर्माण सामग्री, इन्धन र ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ । पछिल्लो...

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा

काठमाडौँ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा विशेष कार्यक्रमका साथ मनाइँदैछ । घोडेजात्राका...

सरकारी गाडी चढ्दिनँ, तलब घाइते जेनजीका लागि खर्च गर्छु : सुदन गुरुङ

सरकारी गाडी चढ्दिनँ, तलब घाइते जेनजीका लागि खर्च गर्छु : सुदन गुरुङ

ललितपुर। गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुदन गुरुङले...