समाचार

कस्तो रहला मौसम?

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदुरपश्चिम, गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने छ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ भने बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

सम्बन्धित समाचार

उपराष्ट्रपति यादवद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट

उपराष्ट्रपति यादवद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गर्नुभएको...

२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु

२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु

काठमाडौँ। मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको विपद्जन्य घटना का कारण तीन जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ। दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक...

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा

काठमाडौँ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा विशेष कार्यक्रमका साथ मनाइँदैछ । घोडेजात्राका...