Breaking News

निर्माण सामग्री अभाव र मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, ‘निर्माण होलिडे’ घोषणा गर्न माग

काठमाडौँ। निर्माण सामग्री, इन्धन र ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ । पछिल्लो दुई महिनादेखि देशभित्र भएको निर्वाचन र अन्तर्राष्ट्रिय स्तरमा बढेको द्वन्द्वका कारण महँगी बढेको र काम समेत प्रभावित बनेको निर्माण व्यवसायीहरुको बुझाइ छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय आन्तरिक र वाह्य कारण निर्माण क्षेत्र प्रभावित बन्दै गएको बताउनु भयो । उहाँकाअनुसार सरकारले आफ्नो ध्यान निर्वाचनमा केन्द्रित गर्दा निर्माण क्षेत्रमा ध्यान दिएन । सरकारले सामान्य खर्च धान्नसमेत कठिनाइ भोगिरहेको र जसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परेको उहाँको भनाइ ।

उहाँकाअनुसार हालसम्म करिव १९ प्रतिशत मात्रै विकास खर्च भएको छ र निकट भविष्यमा पनि पुँजीगत खर्च बढ्ने सम्भावना न्युन देखिएको छ । अर्थ मन्त्रालयले न्युन बजेटमै सरकार सञ्चालन गर्न खोजिरहेको र विकासे मन्त्रालयहरूमा छुट्याइएको बजेट कटौती गर्ने प्रयास भइरहेको अनुभूति आफूहरुले गरिरहेको उहाँको भनाइ छ ।
यस्तै, खाडी क्षेत्रमा पछिल्लो समय भएको युद्धका कारण इरान, अमेरिका लगायतका देशहरू प्रभावित हुँदा नेपालमा इन्धन आपूर्तिमा समस्या आएको सिंहले बताउनु भयो । विगत १४ दिनदेखि इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति अवरुद्ध जस्तै बनेको छ, जसले बजारलाई झन् संवेदनशील बनाएको उहाँको भनाइ छ ।

अध्यक्ष सिंहले भन्नुभयो– ‘हालै बजारमा भएको निर्माण सामाग्री, इन्धन लगायतको अभाव र अत्याधिक रुपमा भएको मूल्यवृद्धिले निर्माण क्षेत्रलाई प्रभावित गरेको छ । विगत २ महीनादेखि नेपालमा भएको निर्वाचन र अन्तर्राष्ट्रिय रुपमा देखिएको द्वन्द्वका कारणले चाहेजस्तो निर्माणको गति अघि बढाउन सकिएको छैन । एकातिर सरकारले आफ्नो ध्यान निर्वाचनतिर केन्द्रित ग¥यो भने वर्तमान अर्थतन्त्रले आफ्नो साधारण खर्च पनि धान्न नसक्ने अवस्था छ । मुलुकमा साधारण खर्च धान्न पनि हम्मेहम्मे परिरहेको अवस्थामा त्यसको असर पुँजीगत खर्चमा पर्न गएको छ र त्यसले गर्दा विकास खर्च पनि न्युन हुन गइरहेको छ । अहिलेसम्म १९ प्रतिशतको हाराहारीमा विकास खर्च भएको छ । आगामी दिनमा पनि पुँजीगत खर्च बढ्ने सम्भावना देखिँदैन । अर्थ मन्त्रालयले कसरी हुन्छ, न्युन बजेटले सरकार चलाइरहेको छ र विकासे मन्त्रालयमा छुट्टाएको बजेट कटौती गर्न सकिन्छ भनेर प्रयास गरेको निर्माण व्यवसायीले अनुभूति गरिरहेको अवस्था छ । अहिले अनपेक्षित रुपमा खाडीमा भएको युद्धले इरान, अमेरिकालगायतका देशहरुमा आक्रमण हुँदा नेपालमा आउने इन्धनलगायतका सामाग्री विगत १४ दिनदेखि समान आपूर्तिमा समस्या भइरहेको छ । यसले बजार संवेदनशिल भएको छ । केही कमिसनखोरी व्यवसायी बिटुमिन महँगाइरहेका छन् । महँगोमा खरिद गरेर उनीहरुले धेरै पैसामा बेचेका होइनन, सस्तोमा खरिद गरेर महँगोमा बेचिरहेका छन् । अन्तर्राष्ट्रिय परिवेशअनुसार समान नपाउने निश्चित भएपछि व्यवसायीहरुले महँगोमा विक्री गरिरहेका छन्। विगत २–३ महिनादेखि ग्यास अभाव भएको छ र निर्माण क्षेत्र प्रभावित भएको छ । हामीले हाम्रा निर्माण मजदुरहरुलाई काममा लगाउन सकिरहेका छैनौँं ।’
अध्यक्ष सिंहले निर्माण क्षेत्रमा प्रयोग हुने बिटुमिन लगायतका सामग्रीमा कृत्रिम अभाव सिर्जना गरिएको र केही व्यवसायीले सस्तोमा खरिद गरेर महँगोमा बेच्ने काम गरिरहेको आरोप पनि लगाउनु भयो । अन्तर्राष्ट्रिय बजारमा आपूर्ति अनिश्चित भएपछि स्थानीय स्तरमा मूल्य वृद्धि चुलिएको उहाँको भनाइ छ ।

सिंहकाअनुसार विगत २–३ महिनादेखि ग्यास अभाव हुँदा निर्माण कार्य थप प्रभावित भएको छ । मजदुरहरूलाई नियमित रूपमा काममा लगाउन नसकिएको अवस्था रहेको उहाँको भनाइ छ । सिंहकाअनुसार प्रशासनले बोतलमा इन्धन विक्रीमा प्रतिवन्ध लगाएपछि पनि निर्माण कार्यमा थप समस्या सिर्जना भएको छ । इन्धन, बिटुमिन र डण्डीको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको छ । यस्तो जटिल परिस्थितिमा सरकारले निर्माण क्षेत्रलाई राहत दिन ‘निर्माण होलिडे’ घोषणा गर्नुपर्ने उहाँले माग समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

झन्झटिलो जग्गा प्राप्ति र सुस्त बजेट खर्चले आयोजनाहरू अलपत्रः विश्व बैंक

झन्झटिलो जग्गा प्राप्ति र सुस्त बजेट खर्चले आयोजनाहरू अलपत्रः विश्व बैंक

काठमाडौँ। नेपालको पूर्वाधार विकासको गति सुस्त हुँदा त्यसले मुलुकको समग्र आर्थिक वृद्धि र रोजगारी सिर्जनामा गम्भीर धक्का पु¥याएको एक...

जय ट्रफी मेन्स एलिट कप : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

जय ट्रफी मेन्स एलिट कप : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ। जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल मङ्गलबारदेखि सुरु भएको छ । मुलपानी क्रिकेट मैदानमा सुरु भएको...

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा

काठमाडौँ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा विशेष कार्यक्रमका साथ मनाइँदैछ । घोडेजात्राका...

सरकारी गाडी चढ्दिनँ, तलब घाइते जेनजीका लागि खर्च गर्छु : सुदन गुरुङ

सरकारी गाडी चढ्दिनँ, तलब घाइते जेनजीका लागि खर्च गर्छु : सुदन गुरुङ

ललितपुर। गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुदन गुरुङले...