सुनचाँदीको भाउ घट्यो
काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला पाँच हजार एक सय ५० कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
खोटाङमा हेलिकप्टर दुर्घटना
काठमाडौँ। खोटाङमा केहीबेरअघि हेलिकप्टर दुर्घटना भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परेको प्रहरीले जनाएको छ ।काठमाडौंबाट शव लिएर गएको...
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक...
जीडीपीमा ऋणको हिस्सा ४७.१३ प्रतिशत पुग्यो, आठ महिनामै सरकारले लियो २ खर्ब भन्दा बढी ऋण
काठमाडौँ। कुल गार्हस्थ्य उपात्दन (जीडीपी) मा कुल सावर्जनिक ऋणको हिस्सा ४७ दशमलव १३ प्रतिशत पुगेको छ । चालु आर्थिक...
जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष
काठमाडौँ। सरकारले जेन–जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको निष्कर्ष निकालेको छ । ०८२ भदौ २३ र २४...




