अन्तर्राष्ट्रिय

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुवै बढ्दै : संयुक्त राष्ट्र संघ

काठमाडौँ। मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व खाद्य कार्यक्रमले सन् २०२६ सम्म विश्वमा तीव्र खाद्य अभाव झेल्ने मानिसहरूको सङ्ख्या नयाँ रेकर्डमा पुग्न सक्ने जनाएको छ। द्वन्द्व लम्बिँदै गएमा थप करिब ४ करोड ५० लाख मानिस खाद्य असुरक्षामा पर्न सक्ने अनुमान गरिएको छ।

विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरुमा अवरोध सिर्जना हुँदा तेल ढुवानी मात्र होइन, मल बोकेका जहाजहरूको आवतजावत पनि प्रभावित भएको छ, जसले खाद्य उत्पादनमा प्रत्यक्ष असर पारिरहेको छ।

संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, आश्रय तथा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास तीव्र बनाएको जनाएको छ। लेबनानमा लाखौं मानिसलाई तातो खाना, अत्यावश्यक सामग्री र सफा पानी वितरण गरिएको छ।

यसैबीच, विस्थापनका कारण १० लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्, जसमा करिब ३ लाख बालबालिका रहेका छन्। धेरैजसो प्रभावितहरू सार्वजनिक आश्रयस्थल बाहिर नै बस्न बाध्य छन्।

स्वास्थ्य क्षेत्रमा पनि गम्भीर असर परेको छ। आक्रमणका कारण स्वास्थ्यकर्मीहरू मारिनुका साथै अस्पताल तथा स्वास्थ्य पूर्वाधारमा क्षति पुगेको छ।

संयुक्त राष्ट्रसङ्घले द्वन्द्वरत पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र सर्वसाधारण नागरिक तथा सहयोगकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

मध्यपूर्वमा जारी द्वन्द्वले विश्व अर्थतन्त्रसँगै खाद्य सुरक्षामा समेत गम्भीर चुनौती खडा गरेको देखिएको छ।

सम्बन्धित समाचार

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल...

मध्यपूर्व युद्धले अर्थपूर्ण मानिएको ट्रम्पको चीन भ्रमण अन्योलमा

मध्यपूर्व युद्धले अर्थपूर्ण मानिएको ट्रम्पको चीन भ्रमण अन्योलमा

मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्योलमा परेको छ। बेइजिङले...

पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप

पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप

पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ। राजधानीको एउटा लागूऔषध पुनर्स्थापना...

ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्

ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको तेलमा अत्याधिक निर्भर रहेका करिव सात देशहरूसँग हर्मुज जलडमरु हुँदै जाने पानीजहाजहरूलाई सुरक्षा दिन...