राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको अवलोकन गर्नुुभएको छ।
त्यस अवसरमा नेपाली सेनाको टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्छ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकला अवलोकन गर्नुुभयो।
समारोहमा घोडा दौड, घोडा जम्प, चार्जर घोडा दौड, घोडाको ऐतिहासिक प्रयोग, घोडचढीबाट हमला, फायर जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरेेको छ।
घोडाले गर्ने सामान ओसारपसार, यात्राको साधन, कृषि, शिकार, लडाइँ, उत्सव, खेलका झलक पनि कार्यक्रममा देखाइएका थिए। त्यस अवसरमा कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए। प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे।
प्रत्येक वर्ष चैत्र कृष्ण चतुर्दशी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ। किंवदन्तीअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीय बासिन्दाले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण चतुर्दशीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको जनाइएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते
बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको...
काठमाडौँ महानगरले अघि सार्यो टुँडिखेललाई व्यवस्थित बनाउने योजना
काठमाडौं। काठमाडौँ महानगरपालिकाले टुँडिखेललाई व्यवस्थित बनाउने योजना अघि बढाएको छ। महानगरले टुँडिखेलको सैनिक मञ्च दक्षिणपट्टि रहेको मैदानलाई हरियाली बनाउने...
मध्यपूर्व युद्धले अर्थपूर्ण मानिएको ट्रम्पको चीन भ्रमण अन्योलमा
मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्योलमा परेको छ। बेइजिङले...
हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल
काठमाडौं। एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन-एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११स्५१...




