Breaking News

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई आज बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिनुभएको छ।

‘बिहान ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ,’ प्रवक्ता भट्टराईले भन्नुभयो।

समानुपातिकतर्फबाट प्रतिनिधिसभामा ११० सांसद निर्वाचित हुन्छन् । आयोगले राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४–४ सांसद दिने निर्क्यौल गरिसकेको छ ।

आयोगका प्रवक्ता भट्टराईले बिहान प्रमाणपत्र वितरण गरेपछि दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तय भएको जानकारी दिनुभयो। अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय तय भएको छ ।

आयोगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताएको छ । गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । आयोगले निर्वाचनसम्बन्धी नतिजा सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित समाचार

कांग्रेस सभापतिबाट गगन थापाको राजीनामा

कांग्रेस सभापतिबाट गगन थापाको राजीनामा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिनुभएको छ। उहाँले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाउनुभएको...

बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते

बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते

बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको...

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको अवलोकन गर्नुुभएको...

काठमाडौँ महानगरले अघि सार्यो टुँडिखेललाई व्यवस्थित बनाउने योजना

काठमाडौँ महानगरले अघि सार्यो टुँडिखेललाई व्यवस्थित बनाउने योजना

काठमाडौं। काठमाडौँ महानगरपालिकाले टुँडिखेललाई व्यवस्थित बनाउने योजना अघि बढाएको छ। महानगरले टुँडिखेलको सैनिक मञ्च दक्षिणपट्टि रहेको मैदानलाई हरियाली बनाउने...