अन्तर्राष्ट्रिय

भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु

भारतीय राजधानी दिल्लीको एउटा बहुतले भवनमा बुधवार भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । शहरको पालम क्षेत्र नजिकै रहेको राम चोक बजारमा रहेको चारतले भवनभित्रको कपडा र कस्मेटिक्स पसलबाट आगलागी शुरु भएको थियो । अस्पतालमा १२ जनालाई ल्याइएको थियो ।

जसमध्ये नौ जनालाई मृत घोषित गरिएको र तीन जना घाइते भएका बताइएको छ । वरिष्ठ प्रहरी अधिकारी अभिमन्यु पोसवालकाअनुसार मृतकको पहिचान दुई पुरुष, चार महिला र तीन बालबालिकाको रूपमा गरिएको छ । पोसवालले फरेन्सिक र अपराध टोलीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको र कानूनी प्रक्रिया शुरु गरिएको बताउनु भयो ।

प्रहरीकाअनुसार भवनको दोस्रो र तेस्रो तल्ला आवासीय इकाइहरू थिए ।

सम्बन्धित समाचार

अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो

अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो

राष्ट्रपति इल्हाम अलिएभको निर्देशनमा अजरबैजानले इरानलाई थप मानवीय सहायता पठाएको छ । छिमेकी राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न मार्च ८,...

कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्‍यो

कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्‍यो

पर्यटन मन्त्रालयको बुधवारको आधिकारिक प्रतिवेदनअनुसार कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३।८७ बिलियन अमेरिकी डलर कुल राजश्व आर्जन गरेको छ...

मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि

मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि

काठमाडौँ। सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मलेसिया भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ११।५ प्रतिशतले बढेर...

अमेरिकी केन्द्रिय बैंक (फेड) द्वारा ब्याजदर ३.५–३.७५ प्रतिशतमा स्थिर

अमेरिकी केन्द्रिय बैंक (फेड) द्वारा ब्याजदर ३.५–३.७५ प्रतिशतमा स्थिर

अमेरिकी फेडरल रिजर्भले बुधवार बजारको अपेक्षा अनुरूप संघीय कोष दरको लक्ष्य दायरा ३.५ देखि ३.७५ प्रतिशतमा कायम राख्ने निर्णय...