कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्यो
पर्यटन मन्त्रालयको बुधवारको आधिकारिक प्रतिवेदनअनुसार कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३।८७ बिलियन अमेरिकी डलर कुल राजश्व आर्जन गरेको छ ।
जुन अघिल्लो वर्षको ३।६३ बिलियन डलरको तुलनामा ६।६ प्रतिशतले बढी हो । प्रतिवेदनकाअनुसार गत वर्ष राजश्वमा वृद्धि भएपनि यस दक्षिणपूर्वी एशियाली देशमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या भने अघिल्लो वर्षको ६७ लाखबाट करिव १७ प्रतिशतले घटेर ५५ लाख ७० हजारमा झरेको छ ।
पर्यटन उद्योगले ४ लाख २० हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको पनि प्रतिवेदनमा उल्लेख छ । गार्मेन्ट, जुत्ता र ट्राभल सामानको निर्यात, कृषि, र निर्माण तथा घरजग्गा बाहेक पर्यटन कम्बोडियाको अर्थतन्त्रलाई टेवा पु¥याउने चार स्तम्भहरूमध्ये एक हो । पर्यटन मन्त्री हुओट हाकले हालै कम्बोडिया एक सुरक्षित र न्यानो पर्यटकीय गन्तव्य भएको बताउनु भयो ।
कम्बोडियामा हाल युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत पाँचवटा साइटहरू छन् । जसमा अंगकोर पुरातात्विक पार्क, प्रेह विहियरको मन्दिर, साम्बोर प्रेई कुकको मन्दिर क्षेत्र, कोह केर पुरातात्विक साइट, र कम्बोडियन मेमोरियल साइटहरू पर्दछन् । यसका साथै यहाँका चार दक्षिणपश्चिमी प्रान्तहरू प्रेह सिहानोक, कम्पोट, केप, र कोह कोङमा करिव ४ सय ५० किलोमिटरसम्म फैलिएको सफा र सुन्दर समुन्द्री तट रहेको छ ।
ताजा अपडेट
-
१.
श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास
-
२.
अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो
-
३.
कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्यो
-
४.
संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल
-
५.
भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो
राष्ट्रपति इल्हाम अलिएभको निर्देशनमा अजरबैजानले इरानलाई थप मानवीय सहायता पठाएको छ । छिमेकी राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न मार्च ८,...
भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु
भारतीय राजधानी दिल्लीको एउटा बहुतले भवनमा बुधवार भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य...
मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि
काठमाडौँ। सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मलेसिया भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ११।५ प्रतिशतले बढेर...
अमेरिकी केन्द्रिय बैंक (फेड) द्वारा ब्याजदर ३.५–३.७५ प्रतिशतमा स्थिर
अमेरिकी फेडरल रिजर्भले बुधवार बजारको अपेक्षा अनुरूप संघीय कोष दरको लक्ष्य दायरा ३.५ देखि ३.७५ प्रतिशतमा कायम राख्ने निर्णय...




