Breaking News

५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव

काठमाडौँ। होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ । पर्यटन क्षेत्रले देशको आर्थिक गतिविधिमा ठूलो योगदान दिन सक्ने भएपनि अहिले स्पष्ट मार्गचित्र नभएको उहाँँले बताउनु भयो ।

अध्यक्ष शाहले आगामी ५ वर्षका लागि बन्न लागेको सरकारले एउटा ठोस योजना ल्याउनुपर्ने र सोही आधारमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताउनु भयो । शाहले आगामी ५ वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको योजना बनाउन सरकारलाई सुझाव दिनुभएको छ । उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक नीति, ऐन र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष शाहले भन्नुभयो–‘खासगरी पर्यटन क्षेत्रले यो देशको आर्थिक समृद्धिमा धेरै कुरा दिनसक्छ । यसका लागि एउटा प्रष्ट मार्गचित्र खाँचो छ । जुन सरकारले अब ५ वर्ष काम गर्छ, ५ वर्षमा पर्यटन क्षेत्रले देशको विकास, आर्थिक गतिविधि कसरी गर्छ भन्नेबारे एउटा मार्गचित्र बनाउनुपर्छ । मस्टर प्लान यो क्षेत्रलाई चाहिएको छ । जुन कुराको अहिले अभाव छ । सरकारदेखि निजी क्षेत्रले एउटा जोसमा अब काम गर्नसक्छौँ । त्यसकारण सबैभन्दा पहिला एउटा पाँच वर्षको मार्गचित्र बनाउन जरुरी छ । पर्यटक आगमनबाट धेरै हामीले लाभ लिनसक्छौँ । अझ हामी के भन्छौँ भने ५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित योजना बनाउनुपर्छ । त्यो नीतिलाई पुरा गर्ने कार्यक्रम, ऐन कार्यक्रमहरुदेखि पूर्वाधार बनाउनुपर्छ । सोही अनुसार अन्तरसमन्वय हुन जरुरी छ । पर्यटक भित्राउन राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन समेत गर्न जरुरी छ ।’

पर्यटक आकर्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको शाहले बताउनु भयो । उहाँकाअनुसार निजी क्षेत्र अहिले पनि प्रवद्र्धनका कार्यमा सक्रिय रहेको छ । सरकारले निजी क्षेत्रको भुमिका र कार्यका बारेमा स्पष्ट नीति ल्याएमा निजी क्षेत्र थप ऊर्जाका साथ काम गर्न तयार रहेको उहाँको भनाइ छ । दुई तिहाइ बहुमत नजिकको सरकार बन्न लागेकोमा पर्यटन क्षेत्र उत्साहित रहेको समेत उहाँको भनाइ छ ।—न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छः प्रवक्ता सापकोटा

मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छः प्रवक्ता सापकोटा

काठमाडौँ। हाल मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालीहरुमा मानसिक त्रास बढ्दो क्रममा रहेको छ । मध्यपुूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास...

इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन

इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन

काठमाडौँ। सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।...

देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति

देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति

काठमाडौँ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार मुलुकका विभिन्न...

पाथीभरामा पाँचौँ पटक हिमपात

पाथीभरामा पाँचौँ पटक हिमपात

ताप्लेजुङ। ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका...