सहकारीपीडित भन्छन्- वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौँ
काठमाडौं। सहकारीमा डुबेको बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितले काठमाडौँको माईतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
शुक्रबार उनीहरूले सरकारको ध्यानाकर्षण गराउन पुनः सडक आन्दोलन सुरु गरेको जनाएका छन्। झण्डै चार वर्षदेखि निरन्तर सडक आन्दोलनमा रहेका पीडितले सरकारसँग पटक-पटक सम्झौता भए पनि हालसम्म न्याय नपाएको गुनासो गरेका छन्।

सरकारले गरेका सम्झौता कागजमै सिमित भएको र आफूहरूको बिचल्ली भएको भन्दै उनीहरू फेरि सडकमा आएको जनाएका छन्।
उनीहरूले सरकार बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचेत गराएका छन्। रास्वपाले चुनावी अभियानका क्रममा सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता लिने वाचा गरेको थियो। त्यसैलाई इंगित गर्दै उनीहरूले ‘वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौँ’ प्लेकार्ड प्रदर्शन गरेका हुन्।
त्यस्तै, ‘आफ्ना छोप्ने, पराइ मात्रै हेप्ने प्रवृत्ति नदोहोरियोस्’, ‘अपराध अनुसार सञ्चालकको प्रवृत्ति अनुसार दण्ड गर्ने विधान बनोस्’, ‘ठग सञ्चालकहरुको नागरिकता, पासपोर्ट, बैंक खाता, चल अचल सम्पती रोक्का गरियोस्’ लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।
ताजा अपडेट
-
१.
वर्तमान कार्यसमिति भंग गरेर महाधिवेशन जान कांग्रेसलाई केदार कार्कीको अनुरोध
-
२.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
चट्याङ परेका बेला के नगर्ने?
-
५.
सहकारीपीडित भन्छन्- वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौँ
ट्रेन्डिङ
-
१.
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग
-
२.
गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्य पदमा सिफारिस
-
३.
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
-
४.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
५.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
सम्बन्धित समाचार
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
काठमाडौं । नेपाल जेनजी फ्रन्टले आफ्नो संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ। फ्रन्टले भदौ २३ र २४...
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
काठमाडौँ। नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले मुलुकमा दुई तिहाई बहुमतको सरकार बन्ने अवस्था आउँदा न्यायपालिकामाथि प्रहार हुने...
चट्याङ परेका बेला के नगर्ने?
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशका विभिन्न ठाउँमा असिना,चट्याङसहित पानी पर्ने जनाएको छ। विभागका अनुसार आज दिउँसो...
सिन्धुलीमा चट्याङ लागेर महिला गम्भीर घाइते
काठमाडौं। सिन्धुलीमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन्। बिहीबार साँझ घ्याङलेख गाउँपालिका-५ सिरडाँडा बस्ने ५४ वर्षीया बिमाया...




