Breaking News

चट्याङ परेका बेला के नगर्ने?

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशका विभिन्न ठाउँमा असिना,चट्याङसहित पानी पर्ने जनाएको छ।

विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थान तथा बागमती, मधेश लगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। सरकारले यसबाट बच्न हिजाे(बिहिबार) नै सचेत रहन आग्रह गरेकाे छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङ परेका बेला घरबाहिर भए सुरक्षित हुन निम्न उपाय सुझाएको छ।

के गर्ने ?

-आकाशमा बिजुली चम्किन थालेर गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने। नजिकै कुनै घर संरचना भए भित्र गइहाल्ने।

-सुरक्षित ओत नभेटे टाउको दुबै घुँडाको बीचमा राखेर दुबै हातले खुट्टा समाउने र खुट्टाको पन्जाले भुइँमा टेकेर दुबै कुर्कुच्चा जोडेर टुक्क्रुक्क बसी निहुरेर शरीरलाई जतिसक्दो सानो बनाई कान थुनेर बस्ने।

-समूहमा भए सबैजना छुट्टिएर टाढा(टाढा बस्ने। यसो गर्दा धेरैजना हताहत हुनबाट जोगिन सकिन्छ।

-खुल्ला क्षेत्र वा जङ्गलमा भए सम्भव भएसम्म होचो स्थान वा खोंचमा गएर बस्ने।

के नगर्ने ?

-रुख वा बिजुली र फोनका पोलमुनि वा टावरनजिक नबस्ने।

-छाता नओढ्ने। खेतबारीमा काम गरिरहेको भए बन्द गर्ने।

-खोला, पोखरी वा स्विमिङ पुलमा भए तुरुन्त बाहिर निस्किने। माछा मार्ने कार्य तथा ऱ्याफ्टिङ नगर्ने।

-बिजुली र फोनको अग्लो खम्बा, अग्लो भवन, ठूलो रुख नजिक नबस्ने।

-साइकल वा मोटरसाइकलमा भए तुरुन्त छेउ लगाई उत्रने। धातुको कुनै पनि वस्तु, सवारी साधन वा उपकरण नछुने।

सम्बन्धित समाचार

रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना

रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना

काठमाडौं । नेपाल जेनजी फ्रन्टले आफ्नो संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ। फ्रन्टले भदौ २३ र २४...

मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष

मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष

काठमाडौँ। नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले मुलुकमा दुई तिहाई बहुमतको सरकार बन्ने अवस्था आउँदा न्यायपालिकामाथि प्रहार हुने...

सहकारीपीडित भन्छन्- वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौँ

सहकारीपीडित भन्छन्- वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौँ

काठमाडौं। सहकारीमा डुबेको बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितले काठमाडौँको माईतीघर मण्डलमा प्रदर्शन गरेका छन्। शुक्रबार उनीहरूले सरकारको...

सिन्धुलीमा चट्याङ लागेर महिला गम्भीर घाइते

सिन्धुलीमा चट्याङ लागेर महिला गम्भीर घाइते

काठमाडौं। सिन्धुलीमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन्। बिहीबार साँझ घ्याङलेख गाउँपालिका-५ सिरडाँडा बस्ने ५४ वर्षीया बिमाया...