मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
काठमाडौँ। नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले मुलुकमा दुई तिहाई बहुमतको सरकार बन्ने अवस्था आउँदा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला रहेको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ।
भक्तपुरमा शुक्रबार आयोजित नेपाल बार एसोसिएसन कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलनमा उनले नयाँ सरकारलाई बारले ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिए पनि संविधानवाद मिचिएमा कडा कदम चाल्ने चेतावनी दिनुभयो।
‘जब दुई तिहाई सरकार आउँछ, तब न्यायपालिकालाई सबैभन्दा पहिला प्रहार गर्ने प्रचलन छ। नेपाल बार एसोसिएसन नवनिर्मित सरकारलाई बेनिफिट अफ डाउट दिन्छ, सरकारका सबै क्रियाकलाप संविधानवाद र कानून अनुरूप हुन् भन्ने हाम्रो शुभेच्छा छ’, उहाँले भन्नुभयो,`सरकार पाँचै वर्ष टिकोस् भन्ने चाहना हो। तर संविधानवाद र कानूनको शासनलाई चिर्न थालियो भने बारले आफ्नो पोजिसन लिन्छ। त्यसो गर्नु हाम्रो कर्तव्य पनि हो र हाम्रा पुर्खाले गर्दै आएको काम पनि हो।’
मिश्रले २०१५ सालमा दुई तिहाइको प्रधानमन्त्री बनेपछि बीपी कोइरालाको सरकारले कानूनको स्नातक नभएको भन्दै हरिप्रसाद प्रधानलाई हटाएर भगवतीप्रसाद सिंहलाई ल्याएको दृष्टान्त दिनुभयो। यस्तै २०१७ सालमा कांग्रेसबाट नियुक्त भएका न्यायाधीशहरूलाई पदमुक्त गरी जेल हालिएको र २०४८ सालमा कांग्रेसको बहुमत आउँदा शाखा अधिकृतमा फेल भएकालाई पुनरावेदनको न्यायाधीश र पास भएकालाई त्यही बेञ्चको सहायक बनाएर न्यायपालिका सञ्चालन गरिएको इतिहास स्मरण गराउनुभयो।
त्यसैगरी, २०७४ सालको दुई तिहाइ बहुमतको सरकारले तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइबाटै वञ्चित गरेर घर पठाएको घटनालाई ‘ताण्डव’को संज्ञा दिँदै उहाँले यस्ता क्रियाकलाप अब न्यायपालिकामा दोहोरिन नहुनेमा जोड दिनुभयो।
ताजा अपडेट
-
१.
वर्तमान कार्यसमिति भंग गरेर महाधिवेशन जान कांग्रेसलाई केदार कार्कीको अनुरोध
-
२.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
चट्याङ परेका बेला के नगर्ने?
-
५.
सहकारीपीडित भन्छन्- वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौँ
ट्रेन्डिङ
-
१.
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग
-
२.
गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्य पदमा सिफारिस
-
३.
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
-
४.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
५.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
सम्बन्धित समाचार
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
काठमाडौं । नेपाल जेनजी फ्रन्टले आफ्नो संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ। फ्रन्टले भदौ २३ र २४...
चट्याङ परेका बेला के नगर्ने?
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशका विभिन्न ठाउँमा असिना,चट्याङसहित पानी पर्ने जनाएको छ। विभागका अनुसार आज दिउँसो...
सहकारीपीडित भन्छन्- वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौँ
काठमाडौं। सहकारीमा डुबेको बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितले काठमाडौँको माईतीघर मण्डलमा प्रदर्शन गरेका छन्। शुक्रबार उनीहरूले सरकारको...
सिन्धुलीमा चट्याङ लागेर महिला गम्भीर घाइते
काठमाडौं। सिन्धुलीमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन्। बिहीबार साँझ घ्याङलेख गाउँपालिका-५ सिरडाँडा बस्ने ५४ वर्षीया बिमाया...




