अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने २१ जना गम्भीर घाइते भएका छन्।

स्थानीय समयअनुसार दिउँसो करिब १ बजे आगलागी भएको हो। आगो नियन्त्रण बाहिर जान थालेपछि स्थानीय सरकारले धान्न नसक्ने स्तरको आपतकालीन आदेश जारी गरेको समाचार एजेन्सीहरूले जनाएका छन्।

अधिकारीहरूका अनुसार कुल करिब ४५ जना घाइते भएका छन्, जसमध्ये २१ जनाको अवस्था गम्भीर रहेको छ। साथै १४ जना अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताइएको छ।

आगलागीको कारणबारे हालसम्म कुनै स्पष्ट जानकारी आएको छैन। दक्षिण कोरियाली सरकारले उद्धार कार्यलाई तीव्र बनाउन आवश्यक सबै जनशक्ति र उपकरण परिचालन गर्न निर्देशन दिएको छ।

सम्बन्धित समाचार

अमेरिकी विमान हामीले आक्रमण गर्यौँ : इरान

अमेरिकी विमान हामीले आक्रमण गर्यौँ : इरान

जारी युद्धका बिच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५ लडाकु विमानलाई आक्रमण गरिएको दाबी गरेको छ।...

नेतन्याहुले भने: ‘म अझै जीवित छु

नेतन्याहुले भने: ‘म अझै जीवित छु

इरानसँग जारी युद्धका बिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पत्रकार सम्मेलन गर्दै आफू जीवित रहेको जानकारी गराएका छन्। बिहीबार राति...

ऊर्जा संरचना आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

ऊर्जा संरचना आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ। कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी...

अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो

अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो

राष्ट्रपति इल्हाम अलिएभको निर्देशनमा अजरबैजानले इरानलाई थप मानवीय सहायता पठाएको छ । छिमेकी राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न मार्च ८,...