बाइडबडी छानबिनका लागि समिति गठन
काठमाडौँ । नेपाल वायु सेवा निगमको बेथिती र वाइडबडी जहाजमा भएको घाेटालाको छानबिन गर्न समिति गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिनुभयो।
मन्त्रालयले बिहीबार (चैत ५) सचिवस्तरको निर्णयानुसार नेपाल वायुसेवा निगमको बेथिती र वाइडबडी जहाजमा भएको भ्रष्टाचार लगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवम् छानबिन गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन एक महिना(तीस) दिनभित्र पेश गर्न भनिएको प्रवक्ता आचार्यले बताउनुभयो। कार्यक्षेत्रगत शर्त (टीओआर) बमोजिम काम गर्ने गरी आवश्यक प्रमाण संकलन, अध्ययन एवम् छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।
स्रोतका अनुसार गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुदन गुरुङले छानबिन गर्न दबाब दिदै ज्ञापनपत्र बुझाउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
विपद्जन्य घटनामा परेर १८ को मृत्यु
काठमाडौँ । नेपालमा गएको एक महिनामा विपद्जन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी...
गगनको राजीनामाको विपक्षमा उभियो कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाको राजीनामा प्रस्तावको विपक्षमा उभिएको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार...
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो
बागमती। हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। वर्षासँगै आज बेलुका ५ः००...
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
काठमाडौं । नेपाल जेनजी फ्रन्टले आफ्नो संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ। फ्रन्टले भदौ २३ र २४...




