विपद्जन्य घटनामा परेर १८ को मृत्यु
काठमाडौँ । नेपालमा गएको एक महिनामा विपद्जन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले फागुनमा ५०२ वटा विपद्जन्य घटना भएको र ती घटनाबाट १८ को मृत्यु र १२४ जना घाइते भएको जानकारी दिनुभयो।
मृत्यु हुनेमा पाँच पुरुष, नौ महिला र चार जना बालबालिका छन् । यसैगरी घाइते हुनेमा ५३ पुरुष, ५३ महिला र १८ जना बालबालिका रहेका छन् । ती विपद्मा ७४ वटा घर, ३५ वटा गोठमा क्षति पुगेको र १०६ वटा पशुचौपाय मरेको प्रहरी मुख्यालयले जनाएको छ । ती विपद्बाट ५० परिवार विस्थापित भएका छन्।
मुख्यगरी आगलागी, चट्याङ, जनावर आक्रमण, महामारी, हुरीबतास, हिमपात, लेक लाग्ने, सर्पदंशलगायत घटनाबाट उक्त क्षति भएको हो।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार फागुनमा सबैभन्दा बढी विपद्का घटना कोशीमा १४३ वटा घटेको छ । मधेस प्रदेशमा १०६, बागमती प्रदेशमा ३३, काठमाडौँ उपत्यकामा ३५, गण्डकी प्रदेशमा ५२, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ४२ वटा विपद्का घटना भएका छन्।
ती विपद्का घटनाबाट करिब १५ करोडभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको पनि प्रवक्ता काफ्लेले बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बाइडबडी छानबिनका लागि समिति गठन
काठमाडौँ । नेपाल वायु सेवा निगमको बेथिती र वाइडबडी जहाजमा भएको घाेटालाको छानबिन गर्न समिति गठन गरिएको छ ।...
गगनको राजीनामाको विपक्षमा उभियो कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाको राजीनामा प्रस्तावको विपक्षमा उभिएको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार...
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो
बागमती। हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। वर्षासँगै आज बेलुका ५ः००...
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
काठमाडौं । नेपाल जेनजी फ्रन्टले आफ्नो संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ। फ्रन्टले भदौ २३ र २४...




