इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दक्षिणी इजरायली शहर अरादमा भएको इरानी आक्रमणपछि देशको रक्षा प्रणालीलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। अराद शहरका लागि निकै कठिन साँझ भएको भन्दै प्रधानमन्त्री नेतन्याहूले त्यहाँका मेयरसँग कुराकानी गरेका छन्। इजरायली आपतकालीन सेवाका अनुसार इरानी आक्रमणपछि अरादका कम्तीमा ८८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सन्देश दिँदै नेतन्याहूले अहिले घटनास्थलमा खटिएका आपतकालीन र उद्धार टोलीहरूलाई थप बलियो बनाउने जानकारी दिएका छन्। उनले देशभरका नागरिकहरूलाई सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न समेत आग्रह गरेका छन्।
आफ्नो दृढता व्यक्त गर्दै नेतन्याहूले लेखेका छन्, ‘हामी हाम्रा शत्रुहरूलाई सबै मोर्चाहरूमा प्रहार जारी राख्न कटिबद्ध छौं।’
अराद शहरमा भएको यस क्षतिको विवरण आउने क्रम जारी छ ।
सम्बन्धित समाचार
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
काठमाडौं । डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको निर्देशन समिति अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा...
२१ ठाउँमा अन्तर्घात भएको कांग्रेसको निष्कर्ष
काठमाडौं।नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष...
इरानले भन्यो: हामीलाई संयमता अपनाऊ भन्नुको कुनै अर्थ छैन
इरानको विदेश मन्त्रालयले आफ्नो देशलाई संयमताका लागि अपिल गर्नुको कुनै अर्थ नभएको बताएको छ। इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका...
लागुऔषधसहित सातलाई पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी...




