राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
काठमाडौं । डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको निर्देशन समिति अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त परिणामले स्तब्ध बनाएको भन्दै उहाँले राजीनामा दिनुभएको हो।
डा. लोहनीले एक विज्ञप्ति जारी गर्दै पार्टीका जिम्मेवार पदािधकारीले मार्गप्रशस्त गर्नुपर्ने बताउनुभएको छ। जनभावनाअनुरुप तदर्थ समिति गठन गरी महाधिवेशन गर्नुपर्ने उहाँकाे प्रस्ताव छ । महाधिवेशनबाट जिम्मेवारी प्राप्त भए मात्र पदमा रहने गरी अलग हुने समयको मागलाई अनुसरण गर्दै राजीनामा दिएको उहाँले बताउनुभएको हो।
आन्तरिक र अन्य विविध कारणले चुनावमा निराशाजनक नतिजा आएको उल्लेख गर्दै डा. लोहनीले यो अवस्थामा जनभावना अनुसार अगाडि बढ्न सबैलाई आग्रह गर्नुुभएको हो। चुनावको लज्जासद पराजयले पार्टीभित्र तीब्र विवाद छ।
राप्रपा नेताहरू अध्यक्ष राजेन्द्र लिङ्देनले पनि नैतिकताका आधारमा पद छाड्नुपर्ने दबाब दिइरहेका छन्। चुनाव पराजयपछि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी नै छाडेका छन्, अहिले राप्रपामा चुनावी नजिताले तीब्र मतभेद उत्पन्न भएको छ।
सम्बन्धित समाचार
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति २२ देशको निन्दा
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)सहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरेर स्ट्रेट अफ होर्मुजमा जहाजमाथि भएका आक्रमणको निन्दा...
निर्वाचन आयोगले मतपरिमाणसहित प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख...
२१ ठाउँमा अन्तर्घात भएको कांग्रेसको निष्कर्ष
काठमाडौं।नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष...
इरानले भन्यो: हामीलाई संयमता अपनाऊ भन्नुको कुनै अर्थ छैन
इरानको विदेश मन्त्रालयले आफ्नो देशलाई संयमताका लागि अपिल गर्नुको कुनै अर्थ नभएको बताएको छ। इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका...




