नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको छ : मसाल
काठमाडौं। नेकपा मसालले प्रतिनिधिसभाको निर्वाचनपछि नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको जनाएको छ ।
हालैसम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकबारे जानकारी दिन आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले कम्युनिष्ट नेताहरूको आचरणका कारण जनतामा निराशा र असन्तोष पैदा भएको निर्वाचनबाट पुष्टि भएकाले नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको बताउनुभएको हो।
कम्युनिस्टहरूले सही राजनीतिक दर्शन अनुसार काम गर्न नसकेकाले कम्युनिस्टको मूलधार भनिनेहरूको पतन भएको उहाँको भनाइ छ । उनले अहिले नेपालमा आफूलाई मूलधार भनिनेहरू वास्तविक कम्युनिष्ट नभएको समेत तर्क गर्नुभएको हो।
त्यस्तै महामन्त्री सिंहले राजनीतिमा उमेरले कुनै अर्थ नराख्ने समेत बताउनुभयो। उमेर भन्दा पनि सही दृष्टिकोण महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।
उनले युवा नेताका रुपमा परिचित रास्वपा सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा अरबौ घोटाला गरेको आरोप समेत लगाउनुभयो।
त्यस्तै नेकपा मसालले भदौ २३ र २४ गते भएको युवाहरूको आन्दोलन जायज मागका लागि भए पनि स्पष्ट नेतृत्व हुन नसक्दा अवसरवादीहरूले त्यसलाई गलत रुपमा प्रयोग गरेको जनाएको छ ।
मसालले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनताको हितअनुसार राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ भने हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र बाह्य प्रभावबाट मुक्त राष्ट्रिय नीति अवलम्बन गर्न सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मिटरब्याजीविरुद्ध रौतहटमा किसान–मजदुर आन्दोलित
रौतहट। मिटरब्याजीको ज्यादतीविरुद्ध रौतहटमा किसान तथा मजदुर आन्दोलित भएका छन्। चन्द्रनिगाहपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले औपचारिक रूपमा आन्दोलन...
वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण
काठमाडौँ। शुक्रबारदेखि मुलुकका अधिकांश ठाउँमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्यांक...
कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न कांग्रेसको माग
काठमाडौं। नेपाली कांग्रेसले जेन्जी प्रदर्शनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग...
गगन थापाको राजीनामा अस्वीकृत
काठमाडौं। नेपाली कांग्रेसको सभापतिबाट गगन थापाले दिएको राजीनामा औपचारिक रूपमा अस्वीकृत भएको छ । सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति...




