Breaking News

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

काठमाडौँ। शुक्रबारदेखि मुलुकका अधिकांश ठाउँमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्यांक विश्लेषण गर्दा सात दिनअघि वायु प्रदूषण १७८ एक्युआई पुगेर काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरको सूचीमा थियो। आज भने वायु प्रदूषण घटेर ६० एक्युआईमा झरेको छ।

योसँगै काठमाडौँ विश्वका प्रदूषित शहरको सूचीमा ६७औँ स्थानमा छ। एक्युआई मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ। १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेष गरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्नसक्छ। यस्तै १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले शुक्रबार र शनिबार हावाहुरीसहित परेको वर्षाका कारण वायु प्रदूषण घटेको बताउनुभयो। उहाँका अनुसार वर्षाले हावामा रहेका धुलो तथा प्रदूषणका कण जमिनमा झार्छ भने हावाहुरीले ती कण उडाएर अन्यत्र लैजाने हुँदा प्रदूषण कम हुन्छ।

“यदि लामो समयसम्म वर्षा भएन र मौसम सुक्खा रह्यो भने वायुमण्डलमा धुलोका कण थुप्रिँदै जान्छन्”, महानिर्देशक सुवेदीले भन्नुभयो, `काठमाडौँ कचौरा आकारको शहर भएकाले प्रदूषण सजिलै बाहिर निस्कन सक्दैन।”

सम्बन्धित समाचार

मिटरब्याजीविरुद्ध रौतहटमा किसान–मजदुर आन्दोलित

मिटरब्याजीविरुद्ध रौतहटमा किसान–मजदुर आन्दोलित

रौतहट। मिटरब्याजीको ज्यादतीविरुद्ध रौतहटमा किसान तथा मजदुर आन्दोलित भएका छन्। चन्द्रनिगाहपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले औपचारिक रूपमा आन्दोलन...

कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न कांग्रेसको माग

कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसले जेन्जी प्रदर्शनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग...

गगन थापाको राजीनामा अस्वीकृत

गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं। नेपाली कांग्रेसको सभापतिबाट गगन थापाले दिएको राजीनामा औपचारिक रूपमा अस्वीकृत भएको छ । सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति...

फर्जी उद्धार प्रकरण : ३२ जनाविरूद्ध मुद्दा दायर

फर्जी उद्धार प्रकरण : ३२ जनाविरूद्ध मुद्दा दायर

काठमाडौँ । नेपालमा पदयात्रामा आउने पर्यटकको बिमा रकम असुलीका लागि फर्जी उद्धारका नाममा भएको ठगी घटनामा ३२ जनाविरुद्ध मुद्दा...