Breaking News

मिटरब्याजीविरुद्ध रौतहटमा किसान–मजदुर आन्दोलित

रौतहट। मिटरब्याजीको ज्यादतीविरुद्ध रौतहटमा किसान तथा मजदुर आन्दोलित भएका छन्।

चन्द्रनिगाहपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले औपचारिक रूपमा आन्दोलन घोषणा गर्दै ६ बुँदे माग सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै मिटरब्याजी संघका अध्यक्ष शिवशंकर महतोले मिटरब्याजी प्रथाका कारण किसान तथा मजदुर गम्भीर आर्थिक संकटमा परेको बताउनुभयो। सानो रकम ऋण लिँदा पनि अत्यधिक ब्याज तिर्नुपर्ने बाध्यताका कारण धेरैले आफ्नो जग्गा जमिन गुमाउनुपरेको उहाँको भनाइ थियो।

आन्दोलनकारीले मिटरब्याजीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै, पीडितहरूको ऋण पुनर्संरचना गरी राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

“मिटरब्याजीविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल (भोजपुरा कमाण्ड)”का तर्फबाट सार्वजनिक गरिएको मागपत्रमा मिटरब्याजसँग सम्बन्धित जाली तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा फर्जी चेक मन्त्रिपरिषद् स्तरबाट अवैध घोषणा गरी खारेज गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी मिटरब्याज अपराध उन्मूलनका लागि विशेष ऐन निर्माण, ‘मिटरब्याजविरुद्ध न्यायाधिकरण’ गठन, मुद्दा स्थगन तथा जेलमा रहेका पीडितहरूलाई रिहाइ गर्नुपर्ने माग पनि गरिएको छ।

आन्दोलनकारीहरूले साहु–महाजनले अवैध रूपमा आर्जन गरेको सम्पत्तिको छानबिन गरी हडपिएको चल–अचल सम्पत्ति फिर्ता गराउनुपर्ने तथा हिंसा र दुर्व्यवहारका घटनामा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

यसका साथै साना व्यवसायी तथा उद्यमीका लागि सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याई न्यायपूर्ण आर्थिक कारोबारको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

स्थानीय प्रशासनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उनीहरूले समस्या समाधानमा ढिलाइ भए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

यस सम्बन्धमा स्थानीय प्रशासनले समस्या समाधानका लागि आवश्यक पहल भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

काठमाडौँ। शुक्रबारदेखि मुलुकका अधिकांश ठाउँमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्यांक...

कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न कांग्रेसको माग

कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसले जेन्जी प्रदर्शनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग...

गगन थापाको राजीनामा अस्वीकृत

गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं। नेपाली कांग्रेसको सभापतिबाट गगन थापाले दिएको राजीनामा औपचारिक रूपमा अस्वीकृत भएको छ । सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति...

फर्जी उद्धार प्रकरण : ३२ जनाविरूद्ध मुद्दा दायर

फर्जी उद्धार प्रकरण : ३२ जनाविरूद्ध मुद्दा दायर

काठमाडौँ । नेपालमा पदयात्रामा आउने पर्यटकको बिमा रकम असुलीका लागि फर्जी उद्धारका नाममा भएको ठगी घटनामा ३२ जनाविरुद्ध मुद्दा...