समाचार

कस्तो रहला आजको मौसम?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ।

सोमबार देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन र सावधानी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

रवि र जीबीविरुद्ध सहकारीको मुद्दा हाल्ने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

रवि र जीबीविरुद्ध सहकारीको मुद्दा हाल्ने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

काठमाडौं। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका ‘पीडित’ कृष्णप्रसाद जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी आरोपमा...

पश्चिम नेपालमा लगातार भूकम्प

पश्चिम नेपालमा लगातार भूकम्प

काठमाडौं। १२ घण्टाको अन्तरालमा पश्चिम नेपालमा दुई वटा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार दिउँसो १ः१४ बजे बझाङको रयाल...

‘सात दिने मौसम पूर्वानुमान तयारीमा विभागः प्रविधि र बजेटको अभाव मुख्य चुनौती’

‘सात दिने मौसम पूर्वानुमान तयारीमा विभागः प्रविधि र बजेटको अभाव मुख्य चुनौती’

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएकोमा निकट भविष्यमै सात दिनसम्मको पूर्वानुमान गर्ने...

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

काठमाडौँ। शुक्रबारदेखि मुलुकका अधिकांश ठाउँमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्यांक...