Breaking News

वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ

काठमाडौँ। वन तथा वातावरण मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले आगामी चालु आ।व।मा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धि कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पार्नुभयो ।

हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरहरु कुहिने भएकाले पनि प्राकृतिक रुपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उहाँको तर्क थियो । सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वनमा हुने डढेलो इन्सिडेन्ट कसरी घटना सकिन्छ रु भन्ने कुराका भेरिएवलहरु के के हुन त रु हाम्रो टेन्डेन्सी के छ भने यो जनवरीको इन्डमा पुसको तेस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म थ्रि डेस वीन्टर रेन्फल भयोभने त्यो वर्ष पोष्ट फायर हुने चान्सेस कम हुन्छ । पातपतिंगरहरु प्रशस्तै एकजर्ब गर्छ स्वायलले । पातपतिंगरहरु कुहिएर झर्ने धेरै सम्भावना हुन्छ । त्यसले घटाउन सक्छ । र हामीले यो निरन्तर रुपमा पानी प्राप्त गर्न सकेनौ, वीन्टर ¥यानफल भएन पनि हिजो र अस्तीको वर्षाले योधेरै नै घटयो । अव हुने आगलागिलाई यसले घटाउँछ । अब यो पानीले त कुहाउने पनि भयो । यी क्लाईमेटमा भेरिएवलहरु हुन । कसरी टेम्प्रेचर बढी राखेका छ । यस वर्षको फरेष्ट फायरको सम्भावना घटना घटन सक्छ भन्ने छ । कतै फायरिङको रिक्सजोन हुन्छ । कतै फायर जोनको रिस्क कम भयो पनि त्यसले बढी क्षति पु¥याउन पनि सक्छ ।’
सचिव शर्माले वन डढेलोका सम्बन्धिमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ।...

निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह

निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...

पश्चिम नेपालमा लगातार भूकम्प

पश्चिम नेपालमा लगातार भूकम्प

काठमाडौं। १२ घण्टाको अन्तरालमा पश्चिम नेपालमा दुई वटा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार दिउँसो १ः१४ बजे बझाङको रयाल...

नेपालको व्यापारघाटाः भारत, चीनसहित ५ देशसँग झन्डै १० खर्ब

नेपालको व्यापारघाटाः भारत, चीनसहित ५ देशसँग झन्डै १० खर्ब

काठमाडौँ। परनिर्भरता चुलिँदै जाँदा नेपालको व्यापार घाटा झन् पछि झन् बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन...