पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग
काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता भीम आचार्यसँग विशेष अदालतले साढे २ लाख धरौटी माग गरेको छ।
पूर्वमन्त्री आचार्य सोमबार विशेष अदालतमा उपस्थित हुनुहुन्थ्यो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो। उहाँ धरौटी बुझाउने प्रक्रियामा रहनुभएको छ।
उहाँ पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वाभाविक रुपमा बढाएर अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ मा मुद्दा दर्ता गरेको थियो।
यस मुद्दामा ५५ जनालाई विपक्षी बनाइएको छ। उहाँहरूबाट आठ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिगो कायम गरी असुल उपर गर्न माग दाबी गरिएको छ।
ताजा अपडेट
-
१.
रवि र जीबीविरुद्ध सहकारीको मुद्दा हाल्ने व्यक्ति नै सहकारी ठगीमा पक्राउ
-
२.
निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन
-
३.
प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक
-
४.
पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग
-
५.
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
नेपालको व्यापारघाटाः भारत, चीनसहित ५ देशसँग झन्डै १० खर्ब
काठमाडौँ। परनिर्भरता चुलिँदै जाँदा नेपालको व्यापार घाटा झन् पछि झन् बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन...
वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ
काठमाडौँ। वन तथा वातावरण मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले आगामी चालु आ।व।मा वन बढेलोको घटना हुने सम्भावना कम रहेको...
पोखरा महानगरः शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो
काठमाडौँ। पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन् । मेयर धनराज आचार्यकाअनुसार पछिल्लो...




